एमालेमा पुराना संगठित सदस्य खोज्दै उपसचिव किशोर

जीवनशैली मुख्य खबर राजनीति विविध सामाजिक गतिविधि

नेपालगन्ज : एमाले बाँकेको नवौं अधिवेशनबाट उपसचिव पदमा विजयी भएका युवा नेता किशोर थापा अब पाटीमा रहेका पुराना संगठित सदस्यको खोजी अभियानमा लाग्ने बताउँछन । विगतमा संगठित सदस्यता लिएका तर, विविध कारण नविकरण हुन नसकेका व्यक्तिको खोजी गर्ने र सदस्यता नविकरणको अभियान चलाउने उनी बताउँछन ।

एमाले बाँकेमा विगतमा करिब १० हजारको हारहारीमा संगठित सदस्य थिए । तर, यसअघिको पार्टी नेतृत्वको उदासीनताका कारण उक्त संख्या घट्दो क्रममा देखिएपछि चिन्तित बनेका उपसचिव थापा सदस्यको खोजीमा लाग्न थालेका हुन ।

अहिले एमाले बाँकेका साढे पाँच हजारको संख्यामा मात्रै संगठित सदस्य रहेको भनिएको छ । तर, एकिन विवरण दिन भने एमाले बाँकेले सकेको छैन । एमाले बाँकेका कार्यालय सचिव ऐनबहादुर ह्माल संगठित सदस्यको एकिन विवरण दिन नसकिने भन्दै त्यहि साढे पाँच हजार हाराहारीमा रहेको अनुमानित विवरण बताउँछन ।

यद्दपी यसअघि बनेका १० हजार सदस्य कता गए ? उनीहरुको सदस्यता किन नविकरण हुन सकेन ? यस बिषयमा बाँके एमालेको नेतृत्व समेत उदासीन छ । महासचिव शंकर पोखरेल निकट मानिएका उपसचिव थापा सेतोखरीपोष्टसँगको कुराकानीमा सबै नेता कार्यकर्तालाई समेटेर लैजाने र मिशन ८४ को अभियानलाई सफल बनाउन कुनैपनि कसुर बाँकी नराख्ने बताउँछन ।

राष्ट्रिय युवा संघबाट राजनीति उदाएका उपसचिव थापाले पाटी सुदृढिकरणसँगै पार्टीको आर्थिक पारदर्शीता र संगठित सदस्यको खोजी नै आफनो पहिलो प्राथमिता रहेको बताउँछन । एमाले बाँकेमा विगत लामो समयदेखि आथिृक हरहिसाब पारदर्शी हुन सकेको छैन । किस्मत कक्षपति जिल्ला अध्यक्ष र दत्तप्रसाद आचार्य नगर अध्यक्ष भएका बेला त पाटीका नाममा असुली गरिएको लाखौं रकम हिनामिना भएको देखिएकोछ ।

यद्दपी लेखा आयोगले समेत अडिट गर्दा आर्थिक अपारदर्शीता देखिदा पनि हिसाब मिलान भएको देखाएको छ । यी सबै बिषयको विस्तृत अध्ययन गरी हिसाब किताब पारदर्शी बनाउने उपसचिव थापा बताउँछन । आगामी तीन बर्षमा बाँकेका ग्रामिण तहसम्म संगठन विस्तारको काम अघि बढाएर मिसन ८४ मा एमालेलाई बाँकेमा पहिलो दलका रुपमा स्थापीत बनाउने योजनाका साथ आफु लाग्ने उनी बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *