बाँकेमा महासचिव शंकर समुहलाई झड्का : उपाध्यक्ष पौडेल निकट समुह विजयी

जीवनशैली राजनीति विविध सामाजिक गतिविधि

नेपालगन्ज : नेकपा एमाले बाँकेको जिल्ला अधिवेशनले एमाले महासचिव शंकर पोखरेल समुह पराजित भएको देखिएको छ । पोखरेल निटक मानिएका डिल्ली विसी समुह पराजित भएको हो । चुनावी परिणाम हेर्दा बिष्णु पौडेल समुह बाँकेमा हावी देखिएको छ ।

खुलेरै नभनेपनि आन्तरिक रुपमा उक्त समुहका निरक गुरुगं समुहविजयी भएको देखिएको छ । केन्द्रीय सदस्य सुर्य ढकाल, दीपा शर्मा शर्मा लगायतको आन्तरिक खुरापतले यतिबेला ठुलो भुमिका खेलेको देखिएको छ । केन्द्रीय तहमा शंकर पोखरेल का मान्छे हुँ भन्ने तर, जिल्लामा पोखरेल निकटकै उम्मेदवारलाई पराजित गराउन ढकाल र शर्माको टीम जोडतोडका साथ लागेपछि अन्तिम नतिजामा पोखरेल टीम पराजित भएको हो ।

उपाध्यक्षमा रत्न खत्री सचिवमा बलराम भट्टराई विजयी भएका छन । खत्री यसअघि केही महिना समाजवादी भएपनि अहिले एमालेको पाटी सचिव थिए । बलराम भने शंकरको मान्छे भन्दै हिडने तर, चुनावमा आफनो दुनो सोझाउन बाहिर दुबै समुहको भनेपनि आन्तरिक रुपमा निरक र समुहमा लागेका थिए । उपसचिवमा युवा समुहबाट किशोर थापा र निर्मला सुनार विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *