सेतोखरीपोष्ट एक्सक्लुसिभ : बाँके सिडिओमा खगेन्द्रको धमकेदार इन्ट्री : शुरु भयो अग्नीपरिक्षा

मुख्य खबर विविध सामाजिक गतिविधि

नेपालगन्ज : बाँकेको सिडिओका रुपमा दैलेखका खगेन्द्र रिजालको धमकेदार इन्टी भएको देखिएको छ । यहाँका भौकालवादी सिडिओ श्रवणकुमार पोखरेल नानाथरी अपच्य गतिविधी गरेर एक्कासी जिल्ला छोडेर भागेपछि गृह प्रशासनले रिजाललाई बाँकेको सिडिओका रुपमा पठाएको हो । भगौडा सिडिओ पोखरेलका कारण करिब एक हप्ता सिडिओविहीन बनेको बाँकेले सातापछि रिजाललाई सिडिओका रुपमा पाएको छ ।

दैलेख घर भएका सिडिओ रिजाल यसअघि पहाडी, तराई गरी विभिन्न जिल्लामा सिडिओ भएर नागरिक पक्षीय काम गर्दै आएका थिए । अब बाँकेमा उनको भुमिका के, कस्तो रहन्छ ? यो भने हेर्न बाँकी नै छ । बाँके आउने हरेक सिडिओ र एसपीको पहिलो लक्ष्य भनेकै कमाउधन्दातर्फ लम्किने गरेको देखिएको छ । तर, रिजाल ले बाँकेको शान्ति सुरक्षा र प्रशासनिक व्यवस्थापनमा के गर्लान ? उनी यतिबेला देखि नै अग्नी परिक्षामा छन ।

गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीको पदस्थापन तथा सरुवा गरेको हो । अहिले बागलुङमा रहेर नागकिरको मन जित्न सफल देखिएका रिजाललाई प्रमुख जिल्ला अधिकारीका रूपमा बाँके पठाएको हो ।
स्मरणहोस : बाँकेमा आउने एसपी र सिडिओ पछिल्लो समय विवादीत बन्दै गएका छन । तत्कालिन एसपी श्यामकृष्ण अधिकारीदेखि सुवासचन्द्र बोहोरा हुँदै सिडिओ रामबहादुर कुरुगंवागंदेखि श्रवणकुमार पोखरेलसम्म विवादीत भई कारवाहीमा परेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *