किन विवादीत बन्छन बाँकेका एसपी र सिडिओ : अग्नी परिक्षामा नयाँ सिडिओ

विविध सामाजिक गतिविधि

नेपालगन्ज : बाँकेमा आउने एसपी र सिडिओ पछिल्लो समय विवादीत बन्दै गएको देखिएको छ । तत्कािलन एसपी श्यामकृष्ण अधिकारीदेखि सुवासचन्द्र बोहोरा हुँदै सिडिओ रामबहादुर कुरुगंवाग्ंदेखि श्रवणकुमार पोखरेलसम्म विवादीत बनेर बाँकेबाट कारवाही हुँदै अन्य जिल्लामा पुगेका छन ।

तत्कालिन एसपी अधिकारीले बाँके बस्दा असुलीधन्दादेखि रक्सीको समेत खुलेआम कारोवार गरेका थिए । त्यसपछिका एसपी शुसिल सिंह राठौरले असुलीमा त्यति सक्रियता नदेखाएपछि जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा ठुलै कमजोरी देखाएर विवादीत बनेका थिए ।

सुवासचन्द्र बोहोरा त असुलीदेखि विभिन्न गतिविधीमा सक्रिय थिए । उनको समयमा बाँकेमा आपराधिक घटनाले पनि उत्तिकै प्रोत्साहन पाएको नागरिक गुनासो थियो । यसले उनी विवादीत बनेका हुन ।

यता रामबहादुर सिडिओ हुँदा उनी विवादीत भएकै कारण बाँकेको सिडिओबाट टिकापुर इलाका प्रशासनमा सरुवा भएको थियो । त्यसपछिका सिडिओमा पनि कोही र्निविादीत भएनन । विपिन आचार्य ले पनि विवादीत भएर काठमाडौ तानिएका हुन । अहिलेका सिडिओ पोखरेल त सबै भन्दा बदनामी र विवादीत बनेर एक्कासी भागदौडमै जिल्ला छोडेर वेपता भएका हुन ।

अहिले बाँके सिडिओ विहीन छ । तुलबहादुर कार्कीले पुलिसको कमाण्ड गरिरहेका छन । अब बाँके आउने सिडिओ पनि विवादीत बन्नलान कि र्निविवादीत आफनो जिम्मेवारी पुरा गलाृ यो भने हेर्नबाँकी नै छ । बाँके आउने सिडिओमा अब ठुलै चुनोती देखिएको छ ।

पहिलो त अहिलेसम्मका सिडिओले गरेको बदनामीलाई चिर्दै सिडिओ असुलीका नायके हुन भन्ने कुरालाई निमिट्यान्न पार्न छ । अर्कोतिर जिल्ला शान्ति सुरक्षा समितिको विवादलाई समाधान गरि जिल्ला सुरक्षा समितिलाई चुस्त बनाउन पनि छ । विगतदेखि जिल्ला सुरक्षा समिति विवादीत बनिरहेको छ । यसैले पनि अब बाँके आउने सिडिओ कडा अग्नी परिक्षामा रहने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *