एमाले बाँके अधिवेशन : विसी बलिया उम्मेदवार

मुख्य खबर राजनीति विविध सामाजिक गतिविधि

नेपालगन्ज : बाँके एमालेमा चुनावी सरगर्मी बढेको देखिएको छ । नवौं जिल्ला अधिवशेनको तयारी अन्तिममा पुगिसकेका छ । आन्तरिक रुपमा अध्यक्षदेखि सदस्य पदसम्मका उम्मेदवारले आफनो प्रचार गरिरहेका छन । अहिलेको अधिवेशनलाई गम्भीरताका साथ हेरिएको छ । अहिलेसम्मको अबस्था हेर्दा त्रिपक्षिय भिडन्त हुने देखिएको छ । तर, आफु अनुकुल समय नदेखिएपछि किस्मत कक्षपति चुनावी मैदानबाट भाग्न सक्ने पनि उत्तिकै सम्भावना छ । उनी अहिले अध्यक्ष भन्दै अन्य कुरामा बार्गेनिग गरिरहेका छन ।

चुनावी नतिजा आफनो पक्षमा नआउने देखिएपछि अहिले किस्मत समुहका केही नेता कार्यकर्ता गुप्तवास बसिरहेका छन । पार्टी कायाृलय वा मतदाताका अघि अनुहार समेत देखाउँन नसकेका किस्मत पक्षका सहयोगीले वडापालिकाबाट प्रतिनिधी छनोटमा समेत खुरापात गरेका थिए ।

यो समाचार तयार पार्दासम्मको एमाले नेता, कार्यकर्ता र वडापालिकाबाट आएका प्रतिनिधीको भावनालाई बुझदा डिल्ली विसी बलिया र शसक्त उम्मेदवार हुन । निरक गुरुगले विगतमा धोका दिएका कारण उनका पक्षमा वडापालिकादेखि माथिल्लो तहसम्म माहोल बन्न सकेको देखिदैन । उनी अहिले पनि पूर्ण रुपमा भ्रममा छन ।उपाध्यक्षमा रत्न खत्री, रविन्द्र लम्साल, भुमिसरा धितालको चर्चा छ । यद्दपी रत्नले मुखै खोलिसकेका छैनन । धिताल र लम्साल जोडतोडका साथ लागिरहेका छन ।

सचिवमा बलराम भट्टराई, भीम ओली र दक्तप्रसाद आचार्य देखिएका छन । जसुमा बलराम र ओलीको जोडतोड भिडन्त हुने सम्भावना देखिएको छ । नेपालगन्ज उपमहानगरका केही वडामा आचार्यको राम्रो पकड देखिपनि समग्र जिल्लाको अबस्थामा भने उनी कमजोर देखिएका छन ।

उपसचिवमा एक दर्जन नेता आकाक्षी देखिएका छन । प्यानलमा परेको खण्डमा दीपक बर्मा, किशोर थापा, राजेन्द्र कँडेल, सोनलाल यादव र महिला उपसचिवमा अनिता थापा, उषा भण्डारी, रचना श्रेष्ठ र निर्मला सुनार बिच कडा प्रतिस्पर्धा हुन सक्ने आँकलन गरिएको छ । यद्दपी बर्मा विसी प्यानलको उपसचिव निश्चित छन भने अन्यको प्यानल अहिलेसम्म बन्न सकेको देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *