मापदण्ड विपरीत होडिङ बोर्ड : उपमहानगरकै ‘सेटिङ’

मुख्य खबर विविध सामाजिक गतिविधि स्थानीय तह

नेपालगन्ज : नेपालगन्जमा जताततै मापदण्ड विपरितका होडिग बोर्ड देखिएका छन । नेपालगन्ज उपमहानगरपालिकाले बनाएको नियम छ, विज्ञापनका रुपमा सडक, पोलसहित सार्वजनिक स्थानमा होडिङबोर्ड, पर्चा, पम्प्लेट, ब्यानर टाँस्न पाइँदैन ।’ तर, सडक आसपास यति धेरै विज्ञापनका बोर्डहरु देखिन थालेका छन् कि यस्तो लाग्छ, अब नेपालगन्ज ‘विज्ञापनको शहर’ भन्न मिल्ने भइसक्यो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि यो रोकिएको छैन ।

अनुमतिविना नै राखिएका सयौं होडिङ हटाउने योजना समेत नेपालगन्ज उपमहानगरपालिकासँग देखिदैन । उपमहानगरका जनप्रतिनिधी देखि कर्मचारी मापदण्ड मिचेर होडिङ बोर्ड राखिएको स्वीकार्छन् । नेपालगन्जमा सडकबाट १० मिटरभित्र हुनुपर्ने, घरको झ्याल मिचेर राख्न नपाइने, सार्वजनिक स्थलमा टाँस्न नपाइने लगायतका मापदण्ड छन् । तर धेरैले मापदण्ड मिचेर राखेका छन् ।

उपमहानगरले बनाएको मापदण्डभित्र बोर्ड राख्दा वार्षिक रुपमा विज्ञापन कर तिर्नुपर्छ । तर, अहिले मापदण्ड पनि नमान्ने, विज्ञापन कर पनि नतिर्नेहरुको संख्या बढ्दो छ । उपमहानगरका सीमित कर्मचारीलाई चित्त बुझाए हुने भएपछि व्यवसायीले मापदण्ड मिचेर होडिङ बोर्ड राखेका हुन् ।जनप्रतिनिधीदेखि उच्च पदका कर्मचारीहरुले नै मापदण्ड विपरीत होडिङबोर्ड राख्न दिने र त्यसबाट आर्थिक लाभ लिन गरेको स्रोत बताउँछ ।

उपमहानगरका उच्च अधिकारीहरुको मिलेमतोमा ठूला होडिङबोर्डहरु राख्ने क्रम तीव्र पारिएको छ । ब्यापारिक फर्म तथा घरनाहरुसँग अनुचित आर्थिक लाभ तथा कमिसन लिएर उपमहानगरका उच्च अधिकारीले होडिङ बोर्ड राख्न अनुमति दिइरहेको स्रोतको दाबी छ ।

आफूले कमिसन नपाएका कम्पनीले ब्यानर राखे भने तुरुन्तै काटेर फालिन्छ, सेटिङ भएका कम्पनी तथा व्यवसायीले जेजे गरेपनि सबै चुप बसेका छन्, उपमहानगरका एकएक अधिकृतले भने ।

यसबारे प्रश्न गर्दा उपमहानगरका जिम्मेवार अधिकारी र जनप्रतिनिधी होडिङ बोर्डको सम्बन्धमा अनभिज्ञता जनाउँदै आएका छन ।तर, शहरमा मुख्य सबै चोकमा ठूलाठूला होडिङ बोर्डहरु देख्न थालिएको छ । यसलाई राख्न कसले अनुमति दियो र किन हटाइएन भन्ने प्रश्नमा उपमहानगरपालिका अधिकारी बोल्न चाहँदैनन् ।

शहरलाई नै कुरुप देखाउने होडिङ बोर्डहरु थपिँदै जाने तर, उपमहानगरले आम्दानी पनि गर्न नसक्ने अवस्था आउँदा पनि मेयर प्रशान्त बिष्ट मौन छन् । नेपालगन्जको सुर्खेतरोड, न्युरोड, त्रिभुवनचोक, जताततै रअहिले पनि ठूलठूला होडिङबोर्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *