बाँकेका भगौडा सिडिओ कारवाहीमा

जीवनशैली मुख्य खबर विविध सामाजिक गतिविधि

नेपालगन्ज : बाँकेको सिडिओ भएर ७ महिना बस्दा सरकारी सम्पतिको समेत चरम दुरुपयोगको आरोप खेपिरहेका श्रवणकुमार पोखरेल कारवाहीमा परेका छन । भौकाल मात्रै मच्चाएर शान्ति सुरक्षा व्यवस्थापन र प्रशासनिक काममा कमजोर देखिएका पोखरेललाई मन्त्री परिषद बैठकले कारवाही भन्दै काज सरुवा गरेको छ । यो उनका लागि असफलताको प्रमाणसहितको नसिहत पनि भएको मन्त्रालयका अधिकारी बताउँछन ।

बाँकेमा सिडिओ पोखरेलले ७ महिनाको अवधीमा देखिने गरि काम त परै जाओस एउटा माखो पनि मारेनन् । केबल सामाजिक सन्जालमा भौकाल मच्चाउने, गाडीको दुरुपयोग गर्ने, र काठमाडौंबाट आउने साँसददेखि मन्त्री र आफु भन्दा मािथल्लो दर्जाका अधिकारीको चाकडीमा व्यस्त देखिएका थिए । चौतर्फी आलोचना, टिकाटिप्पणी भएपछि उनी ७ महिनामै भागेर राजधानी पुगेका थिए । मन्त्रालयमा पुगेर स्पष्टिकरण दिएका पोखरेललाई काज सरुवा गरिएको हो ।

आफनै कमृचारीदेखि समेत अपहेलित बनिरहेका सिडिओ पोखरेल चरम आन्तरिक विवादमा आएपछि रन्थनिएका थिए ।
कर्मचारीमाथि अभद्र व्यवहार गर्ने, आफु सेलिब्रेटी बन्न खोज्ने र फेसबुकमा भौकाल मच्चाउने स्वभावका पोखरेल बाँकेमा पूर्ण रुपमा असफल सिडिओ हुन ।

बाँके सिडिओ कार्यालय सिडिओ विहीन छ । सहायक सिडिओले निमित्तको जिम्मेवारी पाएका छैनन । तर, सहायकको हैसियतले गर्न मिल्ने नागरिकको काम गरिरहेका छन । यद्दपी सिडिओबाटै गर्नुपर्ने कामहरुमा भने समस्या देखिएको छ ।
सिडिओ पोखरेलले कार्यालय छोडेर जाँदा त्यहिका कर्मचारी र सहायक सिडिओलाई समेत जानकारी थिएन ।

यसरी सहायक सिडिओलाई कुनै जिम्मेवारी नै नदिएर कार्यालय छोडेर भगौडाशैली जाँदा जिल्लामा हुने विविध घटनाको जिम्मेवारी कसले लिने ? यतिबेला नागरिकमा प्रश्न उब्जिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *