नरैनापुर क्षेत्रका मदरसाको हरिविजोग : सांसद सुर्य र नमुनाको आश्वासन मात्रै

जीवनशैली मुख्य खबर विविध शिक्षा स्थानीय तह

नेपालगन्ज : बाँकेको नरैनापुरमा रहेका मदरसको हरिविजिोग देखिएको छ । तर, यहाँका मदसाको विकास तथा विद्यार्थीको समस्या समाधानका लागि साँसद सुर्य ढकाल र कृष्णा केसी नमुनाले सधै आश्वासन मात्रै दिदै आएका छ । नरैनापुर गाउँपालिकामा सञ्चालनमा रहेका मदरसामा फर्निचर नहुँदा लामो समयदेखि विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् ।

निवाचनका बेला यी दुवै नेता यहाँका सरकारी विद्यालय सरह मदरसालाई पनि पुर्वाधार विकासमा अघि बढाउने र सहयोग गर्ने आश्वास दिएका थिए । यद्दपी अहिले यी क्षेत्रका मदरसाको अबस्था दयनिय हुँदा उनीले देखे नदेखे झै सुनेपनि नसुने झै गर्दै आएको मदरसाका शिक्षक बताउँछन ।

द्धन्द्धकालमा विस्थापित सरारी कार्यालय पुनस्थापन गरी सेवा प्रवाह गर्न नसक्दा आलोचित बनिरहेका ढकाल र केसी यतिबेला मदरसाको विकासमा चासो नदिएका कारण झनै महाआलोचित बनिरहेका छन ।

डेस्क बेन्च नहुँदा नरैनापुर गाउँपालिका–२, नुरपुरमा रहेको मदरसा सिराजिया इस्रारुल उलुमका सात सय विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य रहेको मदरसाका प्रधानाध्यापक मौलाना लाल खाँ बताउँछन । मदरसामा डेस्क बेन्च नभएपछि भुइँमा बोरा र चकटी ओछ्याएर पढ्नुपर्ने बाध्यता छन। आर्थिक अभावले गर्दा विद्यालयले पनि विद्यार्थीका लागि डेस्क, बेन्चको व्यवस्था गर्न नसकेको प्रधानाध्यापक खाँको भनाइ छ ।

कक्षा ८ सम्म अध्ययन भइरहेको उक्त मदरसामा कसैको ध्यान नगएको दुःखेसो गर्दै शिक्षिका मीना केसीले डेस्क बेन्च नहुँदा अत्यधिक गर्मी र चिसोमा बालबालिकालाई कक्षाकोठामा पढ्न समस्या हुने गरेको बताइन ।

बस्नका लागि घरबाट बोरा र चकटी बोकेर आउनु परेको विद्यार्थी रुकसार खाँ बताउँछन । चन्दा उठाएर मदरसाको दुई तले पक्की भवन बनाउँदै वडाध्यक्ष मसुद अहमद शाहले चन्दा उठाएर नै १० जना शिक्षकको तलब दिने गरिएको जानकारी दिए । तर, मदरसाको विकासमा साँसदहरुको कुनै भुमिका रहन सकेको देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *