भगौडाशैलीमा छोडे सिडिअ‍ोले जिल्ला : ७ महिनामै भागाभाग, बाँके सिडिओविहीन, सहायकले निमित्त नपाउँदा सेवा प्रभावीत

जीवनशैली मुख्य खबर विविध सामाजिक गतिविधि

नेपालगन्ज : भौकालवादी प्रशासक बाँकेका सिडिओ श्रवणकुमार पोखरेल जिल्लाको शान्ति सुरक्षादेखि प्रशासनिक व्यवस्थापनमा असफल र असक्षम देखिएका छन । चरम आन्तरिक विवादमा आएपछि रन्थनिएका भौकालवादी सिडिओ पोखरेल यतिबेला चरम तनावमा छन । बाँकेमा आएदेखि काम केही नगर्ने तर फेसबुकमा नानाथरी फोटो पोष्ट गरेर भौकाल मच्चाउने काममा सक्रिय सिडिओ पोखरेल बाँकेमा रहेका सिडिओमध्ये कै पूर्ण असफल मानिएका छन ।

आफनै कर्मचारीमाथि अभद्र व्यवहार गर्ने, आफु सेलिब्रेटी बन्न खोज्ने र फेसबुकमा भौकाल मच्चाउने स्वभावका उनी बाँके आएदेखि देखिने गरी एउटा पनि उपलब्धी मुलक काम हुन सकेको देखिदैन । तर, उनले फेसबुके भौकाल भने मच्चाएकै थिए ।
पछिल्लो समय गृहमन्त्री रवि लामिछाने नौबस्ता आएको बेला निकै आलोचित बनेका सिडिओ पोखरेललाई भोलीपल्टै मन्त्रालयमा स्पष्टिकरणका लागि बोलाएपछि उनले बाँकेमा कसैलाई पनि निमित्त सिडिओको जिम्मेवारी दिएका छैनन ।

जिल्ला दुई जना सहायक सिडिओ हुँदा उनले कसैलाई पनि निमित्तको जिम्मेवारी नदिएको खुलेको छ । करिब चार दिनदेखि बाँके सिडिओ कार्यालय सिडिओ विहीन छ । सहायक सिडिओहले निमित्तको जिम्मेवारी पाएका छैनन । तर, सहायकको हैसियतले गर्न मिल्ने नागरिकको काम गरिरहेका छन ।

यद्दपी सिडिओबाटै गर्नुपर्ने कामहरुमा भने समस्या देखिएको छ । सिडिओ पोखरेलले कार्यालय छोडेर जाँदा त्यहिका कर्मचारी र सहायक सिडिओलाई समेत जानकारी नभएको बताईएको छ । यसरी सहायक सिडिओलाई कुनै जिम्मेवारी नै नदिएर कार्यालय छोडेर भगौडाशैली जाँदा जिल्लामा हुने विविध घटनाको जिम्मेवारी कसले लिने ? यतिबेला नागरिकमा प्रश्न उब्जिएको छ । सिडिओ पोखरेलले विदा स्वीकृत समेत नगरी गएको बुझिएको छ ।

भौकालवादी सिडिओ पोखरेलले काठमाडौंबाटै आफनो फेसबुकवालमा २८ बुँदे कथा लेखेर बाँके नफर्कने खालको संकेत दिएका छन । यसो हो भने उनले सहायक सिडिओलाई निमित्त नदिएर किन गए ? यसको जवाफ कसले दिने ? यस बिषयमा बुझन खोज्दा सिडिओ पोखरेलसँग सम्पर्क हुन सकेन ।

सिडिओ पोखरेलले फेसबुकमा बाँकेको उखर्माउलो गर्मिले उत्साह र उर्जाको पारो घटाएको छ । तथापि आठौं महिनाको प्रवेशसंगै सम्पुर्ण बांकेबासीमा ७ महिनाको हिसाव किताब २८ बुंदामा पेश गर्ने अनुमति चाहन्छु ! यहाँहरुको सहयोग र सदभावका लागि आभारी छु ,कृतज्ञ छु ! भन्दै २८ बुँदे आफना कामको फेरेस्ती उल्लेख गरेका छन । तर, यीमध्ये अधिकाश फेरस्तीमा खासै प्रगती देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *