दैलेख बजारको दशौदी मेडिकलमा इसिजी सेवा

जीवनशैली विविध समाचार स्वास्थ्य

नेपालगन्ज : कर्णाली प्रदेशको दैलेख बजारस्थित भुमिका दशौदी मेडिकलमा इसिजी सेवा विस्तार गरिएको छ । विगत लामो समयदेखि जनस्वास्थ्यमा लागि परेको सो मेडिकलले योसँगै ल्याव सेवाको पनि विस्तार गरेको मेडिकलका सन्चालक रमेश दशौदी बताउँछन ।

आफनो सामाजिक सन्जाल फेसबुकमा सुचना हालेर दशौदीले आम नागरिकलाई सेवा विस्तारका वारे जानकारी दिएका छन । लाखौं मुल्यको नयाँ मेशिन जडान गरि उनले अत्याधुनिक रंगीन भिडियो उक्सरे समेत राखेको बताएका छन ।

यसले अब इसिजी सेजवाका लागि दैलेखबासी सुर्खेत र नेपालगन्जसम्म धाउन पर्ने समस्याको अन्त्य भएको छ । जिल्ला अस्पताल दैलेखले समेत नियमित इसिजी सेवा चलाउन नसकेको बेला जोखिम मोलेरै सो मेडिकलले यस्तो सेवा विस्तार गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *