धनगढीले २३ करोड राजश्व उठाउँदा नेपालगन्जले कति ?

अर्थ वाणिज्य जीवनशैली मुख्य खबर विविध स्थानीय तह

नेपालगन्ज : कैलालीको धनगढी उपमहानगरपालिकाले प्रत्येक ६ महिनामा आर्थिक पारदर्शीता सार्वजनिक गरिरहँदा नेपालगन्ज उपमहानगरपालिकामा अपारदर्शीता बढिरहेको देखिएको छ । अहिले धनगढीले नौ महिनाको राजश्व संकलनको विवरण सार्वजनिक गरिसकेको छ ।

धनगढीले चालु आव २०८०देखि ८१ को साउनदेखि चैत मसान्तसम्म २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । तर, नेपालगन्जमा कति राजश्व कहिले र कसरी संकलन भएको छ यसबारे आम नागरिक त परै जाउन मिडिया र नगरका जनप्रतिनिधीलाई नै थाहा छैन । मेयर उपमेयर समेत यसबारे अनभिज्ञ देखिएका छन ।

सम्पत्ति करबाट दुई करोड ९१ लाख ५० हजार, भूमि कर ८२ लाख ८५ हजार, बहाल कर पाँच करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर ११ लाख ८७ हजार, सवारीसाधन कर चार लाख ३२ हजार र अन्य करबाट चार लाख ७८ हजार राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझा बताउँछन । तर, नेपालगन्जको राजश्व शाखाका हाकिम यसबारे सोध्न जाँदा पनि पूर्ण जानकारी दिन सक्दैनन ।

धनगढीमा सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६८ लाख पाँच हजार, अन्य सेवा शुल्कबाट २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट दुई करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट एक करोड ३२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।

व्यक्तिगत घटना दर्ता दस्तुर १० लाख सात हजार, नाता प्रमाणित दस्तुर तीन लाख ६१ हजार, अन्य दस्तुरबाट सात लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४४ लाख ११ हजार, व्यवसायबाट तीन करोड १७ लाख २६ हजार, अन्य राजस्व चार करोड ९९ लाख ५२ हजार, बेरुजुबापत पाँच लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार र विज्ञापन करबाट पाँच हजार राजस्व सङ्कलन भएको छ ।

करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । गत आव २०७९र८० मा उपमहानगरपालिकाले कुल २७ करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गरेको थियो । तर, नेपालगन्ज उपमहा नगरपालिकाले अहिलेसम्म संकलन गरेको राजश्वको कुनै लेखाजोखा तथ ा पारदर्शी हिसाब सार्वजनिकरण हुन सकेको देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *