सरकारी अड्डामा ‘फाष्ट ट्रयाक’ दलाल

अर्थ वाणिज्य जीवनशैली मुख्य खबर विविध सामाजिक गतिविधि

नेपालगन्ज : बाँकेमा वकिल नै दलाल र विचौलियाको मुख्य भुमिकामा खुलेर लागेको देखिएको छ । कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयमा सेवाग्राही सँग मोलमोलाई गरिरहेका बेला पक्राउ परेकामध्ये तीन जना वकिल रहेको इलाका पुलिस कोहलपुरका प्रमुख धर्म भण्डारी बताउँछन । तर्, उनले वकिलको नाम भने सार्वजनिक गर्न मानेका छैनन ।

सरकारी अड्डामा अक्सर ‘फाष्ट ट्रयाक’ अहिले गजबै सुनिने शब्द बनेको छ । बाँकेका अधिकांश सरकारी अड्डाको पारा लगभग उस्तै हो ।राजश्व, मालपोत, नापी, कार्यालयदेखी प्रहरी रिपोर्ट बनाउने ठाउँसम्मै यस्ता बिचौलिया पाइलैपिच्छे भेटिन थालेका छन् ।सरकारी अड्डामा बिचौलियाको बर्चस्व छ ।

अधिकाशं अड्डामा युवा पुस्ता सेवाग्राहीसँग बार्गेनिङ गरिरहेका भेटिन्छन् । बिहानै अड्डातिर जाने, दिनभरि दलाली गर्ने, बेलुका फर्कने उनीहरूको दिनचर्या बनेको छ । बिचौलियाले पहिल्यै सेवाग्राहीबाट पैसा लिएको हुन्छ र कर्मचारीसँग सेटिङ मिलाएको हुन्छ । त्यसैकारण, बिचौलियालाई काम सुम्पेका ग्राहकले लाईन बस्ने, किचकिच गर्ने र घन्टौँ बिताउनुपर्ने झन्झट गर्नुपर्ने मालपोतमा भेटिएका सेवाग्राही बसन्त अधिकारी बताउँछन् ।

बाँके सिडिओ भएर आएको करिब १५ महिना हुन लाग्दा सिडिओ श्रवणकुमार पोखरेले पहिलो पटक नापी र मालपोतमा छडके हानेर १५ महिनामा एउटा राम्रो र देखिने काम गरेका छन । नत्र यसअघि सामाजिक सन्जालको प्रयोगमा सक्रिय हुने भौकालमात्रै मच्चाउने काममा रेश लिएका सिडिओ पोखरेलको नापी र मालपोतमा यसरी निगरानी गर्नुलाई सकारात्मक रुपमा लिइएको देखिएको छ ।

नापी र मालपोत कार्यालयमा विचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो पछि पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा आएको प्रहरी टोली त्यहाँ पुगेको थियो । कार्यालय भित्र विचौलिको काम गरिरहेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको कोहलपुरका डिएसपी भण्डारी बताउँछन । अनुसन्धान चलिरहेकाले नाम सार्वजनिक अहिले नगर्ने भण्डारी बताउँछन । उनका अनुसार ३ जना वकिल, १ जना कोहलपुर नगरपालिकाका करार कर्मचारी सहित बिचौलिया पक्राउ परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *