एमाले बाँकेको चुनावी रौनक : विसि भर्सेस गुरुग, निरिह र कमजोर बन्दै किस्मत

जीवनशैली मुख्य खबर राजनीति विविध सामाजिक गतिविधि

नेपालगन्ज : नेकपा एमालेमा जिल्ला अधिवेशन रौनता देखिएको छ । जेठ ४ र ५ गतेका लागि अधिवेशन मिति तोकिदा पालिका तहको अधिवेशन सकिएसँगै जिल्ला अधिवेशनको रौनता देखिएको हो । अधिवेशनको मिति नजिकिएसंगै नेता कार्यकर्ताको व्यस्तता बढेको छ । जिल्लाको नयाँ नेतृत्व चयन हुने भएकाले पनि एमालेजनमा अधिवेशनको विशेष चासो छ । एमाले बाँकेको नेतृत्वमा पुग्न तीन जना नेताले दाबेदारी प्रस्तुत गरेका छन् ।

जस अनुसार यतिबेला डिल्ली विसी भर्सेस निरक गुरुग हुने देखिएको छ । किस्मत कक्षपति भने निरिह र कमजोर बनिसकेका छन । उनको कार्यकालमा बैजनाथ गाउँपालिकादेखि खजुरा र अन्य पालिकामै चर्को विवाद भएको थियो । सिडिओशैलीमा उनी देखिएपछि सदस्यता नविकरणकै सवालमा पाटी कार्यालयमा ताला समेत लागेको थियो । पाटीभित्रै भयानक उपगुट र जातिय रंग देखाउन सक्रिय किस्मतलाई यतिबेला उनकै समुदायको भन्दा अन्य क्षेत्र र पालिकाबाट सहयोग नहुने निश्चित देखिएको छ । यसैले पनि विसी र गुरुगको अघि कक्षपति निरिह र कमजोर छन ।

अहिले नेतृत्वमा रहेकादेखि पत्रकारिताका पृष्ठभूमीबाट पार्टी राजनीतिमा होमिएका नेताहरु समेत नेतृत्वको दौडमा छन् । वर्तमान अध्यक्ष निरक गुरुङ, अहिलेका अध्यक्ष किष्मतकुमार कक्षपति, र अहिलेका उपाध्यक्ष डिल्ली विसी आगामी अध्यक्षको रेशमा देखिएका छन ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपछि जिल्ला कमिटी सदस्य मात्रै रहेका गुरुङ पार्टी एकता भंग भएर फेरि एमाले व्युँतिएपछि भने उपाध्यक्ष थिए । त्यतिबेलाका अध्यक्ष अशोक कोइराला माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेपछि १० बुँदे सहमति अनुसार गुरुङलाई कार्तिक २७ गते अध्यक्ष बनाइएको थियो।

दुई महिना मात्र जिल्लाको नेतृत्व गर्ने अवसर पाएका गुरुङ अर्को कार्यकाल अध्यक्ष बन्ने चाहनासहित यसअघि पनि मैदानमा उएिका थिए । तर, पछि क्षणिक ललिपपका कारण उनले कक्षपतिलाई समर्थन गरेका थिए । माधव नेपाल पनि एमालेमै रहँदा गुरुङ नेपाल निकट थिए ।

अध्यक्षका अर्का दाबेदार विसी अहिलेको कार्यसमितिमा जिल्ला कमिटी उपाध्यक्ष छन् । लामो समयदेखि पत्रकारिता गरिरहेका विसी प्रेस चौतारी नेपालको केन्द्रिय सल्लाहकार समेत थिए । उनी पार्टीको केन्द्रिय प्रचार विभाग सदस्य पनि भएका हुन। पार्टी संगठनमा पनि उत्तिकै खटेर काम गरिरहेका विसीले यो पटक आफूलाई जिल्ला अध्यक्षको दौडमा उभ्याएका छन । अहिलेसम्मको अबस्था हेर्दा बाँकेमा यतिबेला सबैका भरोशाका साथै अन्य भन्दा बलिया उम्मेदवारका रुपमा बिसीलाई हेरिएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका कक्षपति माधव नेपालले नयाँ दल खोलेपछि नवगठित जिल्ला कमिटीमा उपाध्यक्ष बनेका थिए। अहिले अध्यक्ष रहेका कक्षपति पनि आगामी नेतृत्व हडप्ने दाउमा लागिरहेका छन । तर, उनी अहिले सबैभन्दा कमजोर उम्मेदवार देखिएका छन । ८१ वटै वडाबाट करिब आठ सयको हाराहारीमा जिल्ला प्रतिनिधि चयन भैसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *