बाँके क्षेत्र नम्बर ३ : गुटभित्रै कमजोर बन्दै कांग्रेस सहमहामन्त्री राठौर

मुख्य खबर राजनीति विविध सामाजिक गतिविधि

नेपालगन्ज : क्षेत्रदेखि वडा तहसम्म पार्टीको एउटा गुटमै दुई समूह बन्न थालेपछि यतिबेला खजुरा क्षेत्रमा कांग्रेस कमजोर देखिँदै आएको छ । कांग्रेसका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज किशोरसिंह राठौर साविकको निर्वाचन क्षेत्र बर्दिया २ छाडेर बाँकेको खजुरा आएका थिए । उनी आएदेखि नै यस क्षेत्रमा काँग्रेसभित्र गुट उपगुट मात्रै होइन लफडा र विवाद चुलिदै जान थालेको देखिएको छ ।

उनी सभापति शेरबहादुर देउवा निकट हुन । तर, उनकै रबैयाले अहिले देउवा निकटका यहाँका काँग्रेसी युवा नेता समुहको गुटमा लागिपरेको देखिएको छ । बाँके काँग्रेस क्षेत्र नम्बर तीनको क्षेत्रीय पदाधिकारी स्रोत अनुसार बाँके ३ का सभापति नक्की खाँले मात्रै राठौरको साथ थगिरहेका छन ।

काँग्रेस सहमहामन्त्री समेत रहेका संघीय साँसद राठौरको रवैया र दादागिरी तथा अभद्र व्यवहारका कारण पछिल्लो समय यहाँका काँग्रेस नेता कार्यकर्तादेखि महाधिवेशन प्रतिनिधि समेत रुष्ट भैरहेका छन । बाँकेको उक्त क्षेत्रमा रहेका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये तीनचार जना मात्रै राठौरको पक्षमा देखिएको काँग्रैस क्षेत्र नम्बर तीनमा रहेको क्षेत्रीय कमिटीका एक पदाधिकारी बताउँछन । यसले पनि राठौरको खजुरा क्षेत्रमा राजनीतिक अबस्था खस्किदै गएको देखिएको छ ।

यस क्षेत्रमा शेरबहादुर देउवा पक्षको संख्या केही बढी देखिएपनि अहिले देउवा पक्ष नै दुई समुहमा बाँडिएको छ एक पदाधिकारीले भने देउवा छोडेर अर्को समुहमा जानेको संख्या बढि रहेको कारण पनि यहाँ सहमहामन्त्रीको दादागिरी यतिबेला तोडिन लागेको हो ।

सहमहामन्त्री राठौरकै दादागिरीपनले अहिलेसम्म यस क्षेत्रको महाधिवेशन प्रतिनिधीको भेला समेत हुन सकेको छैन । क्षेत्रीय कमिटीका बैठक समेत प्रभावीत भैरहेको देखिएको छ । बादशाह कुर्मीदेखि मेघराज ओलीसम्म मात्रै होइन कि छब्बन खाँदेखि ज्ञानबहादुर ओली समेत यतिबेला राठौरको विपक्षमा देखिएका छन ।

यस क्षेत्रका तरुण दल, नेविसंघका युवाहरुले समेत पछिल्लो समय राठौरको साथ छोडन थालेको बताइएको छ । कसैलाई मान्छे नठान्ने, जसलाई पनि गाली गलौज गर्ने र दादागिरीपन देखाउने राठौरको प्रवृत्तिका कारण उनी यतिबेला आफनै गुट भित्रपनि एकलकाठे बनिरहेको काँग्रेसकै युवा नेता कार्यकर्ता बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *