प्रदेश मन्त्री खत्रीको गृहमन्त्री लामिछानेलाई चेतावनी

मुख्य खबर राजनीति विविध

नेपालगन्ज : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले संघीय सरकारका गृहमन्त्री रवि लामिछानेलाई घुमाउरो पारामा चेतावनी दिएका छन ।

बाँकेको नौबस्तामा रहेको नयाँ कारागारको उद्घाटनमा आएका गहृमन्त्री लामिछानेलाई प्रदेश मन्त्री खत्रीले सुकुम्बासी वस्ती र जनताको समस्या समाधान नगरिए कडा आन्दोलनमा यहाँ नागरिक उत्रिने चेतावनी सहित तत्काल यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन ।

प्रदेशमन्त्री खत्रीले सुकुम्वासी वस्ती हटाउन खोजिए त्यसको पहिलो प्रतिकारमा जनतासंगै आफू उत्रिने भन्दै गृहमन्त्री लामिछानेलाई चेतावनी दिएका हुन । प्रदेश मन्त्रीको चेतावनीपछि गृहमन्त्री लामिछानेले यस बिषयमा आफु गम्भीर भएर लाग्ने र सुकुम्बासीको समस्या समाधानमा सहयोग गर्ने बताएको प्रदेश मन्त्री खत्रीको सचिवालय स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *