एमालेमा बाँकेका ८ पालिकाको नतिजा : ७ पालिकामा किस्मत कक्षपति कमजोर

जीवनशैली मुख्य खबर राजनीति विविध सामाजिक गतिविधि

नेपालगन्ज : लुम्बिनी प्रदेशको बाँकेका आठवटै पालिकामा एमालेको अधिवेशन सकिएको छ । यतिबेला बाँके एमालेमा जिल्ला अधिवेशनको रौनता छाएको छ ।

पालिकाको अधिवेशनको परिणामलार्ई निहाल्दा जिल्ला अध्यक्षको प्रत्यासी किस्मत कक्षपतिको अबस्था कमजोर देखिएको छ । आठ पालिकामध्ये सातवटा पालिकामा उनको विपक्षमा परिणाम आएको छ । कक्षपतिकै खजुरा गाउँपालिकामा समेत उनी असफल भएका छन ।

बैजनाथ, नरैनापुर, नेपालगन्ज, कोहलपुर , जानकी, राप्तीसोनारीमा कक्षपतिको गुटका उम्मेदवारले अधिवेशनमा पराजय भोग्नु परेको देखिएको छ । डुडुवामा भने पदाधिकारी अकै प्यानलका भएपनि अध्यक्ष किस्मतको प्यानलका रहेको एमाले स्रोत बताउँछ ।

पालिकाको अधिवेशन हेर्दा अध्यक्षका अर्का प्रत्यासी डिल्ली विसी र केही ठाउँमा निरक गुरुगंको पक्षमा नेता कार्यकर्ता अभिएको देखिएको छ । वडापालिकाबाट आउने जिल्ला प्रतिनिधीमा पनि कक्षपतिको पक्षमा कमजोर संख्या रहने देखिएका छ ।

खजुरामा समेत उनले सचिवमा आफनो पक्षको व्यक्ति ल्याउन नसकेपछि आफु निकटका नेता कार्यकर्ता बटुलेर आन्तरिक रुपमा खुरापत र रुवावासी शुरु गरेको चर्चा चलिरहेको छ । पार्टी भित्र व्यक्तिवादी र जातिय राजनीति गर्न खप्पिस देखिएका किस्मत र उनको टीम पालिकाको अधिवेशनको परिणाम पछि विछ्प्त देखिएको छ ।

किस्मतको टीमबाट जिल्ला अध्यक्ष सहितका पदाधिकारीमा प्रत्यासी देखिएका सबै व्यक्तिहरु कमजोर र कार्यकर्ताका माझ अलोकप्रिय देखिएका छन । यद्दपी उनको प्यानलमा को कुन पदमा उम्मेदवार बन्ने सार्वजनिक त भएको छैन । तर, चर्चा अनुसार आएका नामलाई हेर्दा उनीहरु असफल र अलोकप्रिय मानिएका छन । उपाध्यक्षमा यतिबेला नाम सार्वजनिक नभएपनि गुमान दमाई, रत्न खत्री, रविन्द्र लम्सालको नाम चर्चामा छ ।

भीम ओलीले भने अहिले नै खुलेर बोल्न सकेको अबस्था छैन । सचिवमा बलराम भट्टराई, खिलप्रसाद भुषाल, दत्तप्रसाद आचार्य लगायतको चर्चा भएपनि बलराम भट्टराई बलिया उम्मेदवारका रुपमा देखिएका छन । खिलप्रसादले भने खुलेर उम्मेदवारीका बारे अहिलेसम्म केही बोलेका छैनन ।

पालिका तहको नतिजालाई निहाल्दा अध्यक्ष पदमा डिल्ली विसी सबै भन्दा बलिया उम्मेदवारका रुपमा देखिएका छन । निरक गुरुगं दोस्रो र किस्मत सबैभन्दा कमजोर देखिएको नेता कार्यकर्ता नै बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *