अस्पतालको अर्थोपेडिक वार्डमै डाक्टरको सालिक

जीवनशैली मुख्य खबर विविध सामाजिक गतिविधि स्वास्थ्य

नेपालगन्ज : कोरोना समयमा तत्कालिन सुर्खेत अहिले कर्णाली प्रदेश अस्पतालमा कार्यरत सिनियर डाक्टर हरि सापकोटाको निधन भएको थियो । उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा उनको निधन भएको हो ।

लामो समयदेखि सुर्खेत अस्पतालमा कार्यरत ५८ वर्षीय सिनियर अर्थोसर्जन डाक्टर सापकोटाको निधन पछि यतिबेला सुर्खेत अस्पतालको अर्थोपेडिक वार्डमा उनको सालिक निर्माण गरि सम्मान गरिएको छ । अस्पतालका प्रमुख डम्बर खड्काको पहलमा सापकोटाले काम गर्ने वार्डमै सापकोटाको सालिक बनाइएको छ । जसले सुर्खेत अस्पताल र डाक्टर खड्काले सापकोटामाथि ठुलो म्मान प्रकट गरेको पुष्टि गरेको छ ।

डाक्टर सापकोटालाई कोरोना संक्रमण भएपछि १० दिन भेन्टिलेटरमा राखिएको थियो। डाक्टरको निधन पछि उनले काम गर्ने वार्डमै सालिक निर्माण गरिएको सायद यो देशमै पहलिो र ऐतिहासिक काम भएको जानकार बताउँछन ।

सुर्खेत असपताल र डाक्टर डम्बर खड्काबाट नेपालका अस्पताल र एकले अर्काको रिस डाहा गर्न खप्पिस डाक्टरले यस्ता ऐतिहासिक काम सिक्दै जानुपर्ने देखिएको छ । अस्पतालको समृद्धि विकास र यस्तै ऐतिहासिक तथा सम्मानजनक कामले गर्दा यतिबेला डाक्टर डम्बर खड्का कर्णालीमा सबैका प्रिय र सेलिब्रेटी बनेका छन ।

तस्वीर सौजन्य : ऋषि पोखरेलको वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *