किन गएनन् सुर्य ढकाल आफनै निर्वाचन क्षेत्रको अधिवेशनमा ? मतदातामाथि नै घात

जीवनशैली मुख्य खबर राजनीति विविध सामाजिक गतिविधि स्थानीय तह

नेपालगन्ज : बाँकेका स्थानीय पालिकामा यतिबेला नेकपा एमालेको अधिवेशन भएको छ । अधिवेशनमा अध्यक्ष लगायतका पदाधिकारी बनाउन जिम्मा लिएका केही एमालेका पालिकादेखि जिल्ला र केन्द्रीय तहका ठेकेदार भने असफल देखिएका छन । आफनै दलभित्र नातावाद, कृपावाद र चाकडी तथा झोलेवादको नारा लगाउदै पदाधिकारी बाँड्दै हिडेका यस्ता ठेकेदारलाई नेता तथा कार्यकर्ताले हैसियत देखाइदिएका छन ।

नेपालगन्ज उपमहानगरपालिकामा अध्यक्ष देखि पदाधिकारीसम्मको ठेक्का लिएका ठेकेदारको ठेक्कामा टेण्डर नै नपरेपछि रुवाबासी समेत चलेको थियो । ठुलै खुरापातको बिचमा पनि मोहित शाहले अध्यक्ष पद हासिल गरेका छन ।कोहलपुरमा ठेकेदार बनिरहेका जिल्लादेखि केन्द्र तहका ठेकेदार नेताहरुको हरिविजोग देखिएको छ । जतापनि ठिक्क हुने र पद बाँड्दै हिडने प्रवृत्तिका केही ठेकेदारले आफु अनुकुल अधिवेशन नहुने देखेपछि अधिवेशन स्थलमा टाउको मात्रै देखाएर भाग्नु परेको समेत देखिएको छ ।

यतिबेसम्मकी एमालेका केन्द्रीय सदस्य तथा ठेकदार कम्पनीका कमाण्डर सुर्य ढकाल समेत कोहलपुर अधिवेशनमा वेपता भएका थिए । उनी आफ्नै निर्वाचन क्षेत्र नरैनापुरको अधिवेशनमा सहभागि समेत हुन सकेनन । नरैनापुरको इन्चार्जका रुपमा पाटीले दीपा शर्मालाई तोकेको छ । त्यहाँको अधिवेशनमा इन्चार्ज प्रमुख अतिथि हुने र आफु तल पर्ने देखिएपछि सुर्य ढकाल नरैनापुर नगएको स्रोत बताउँछ । कोहलपुरमा पनि मोहमद हारुन इन्चार्ज थिए । यसैले सुर्य ढकालको भागाभाग भयो एक जिल्ला पदाधिकारीले भने बाँकेमा गुट उपगुट र खुरापत गर्दा ढकालले एमाले सिध्याउदै छन ।

लुम्बिनी प्रदेशको अधिवेशनमा खुरापात गरेर ओली समुहबाट बाहिरीएका ढकाल अहिले कसरी ओली निकट हुन सकिन्छ भन्दै वालकोट पुगेरै ओलीको पाउ छुदै भुईमा बसेको फोटो सामाजिक सन्जालमा पोस्टाउन समेत पछि परेका छैनन । यसले पनि ढकालको खुरापात, भौकालवाद र असलीरुप सहजै देख्न सकिने एमालेका नेता कार्यकर्ता नै बताउँछन । जिल्लामा पनि कहिले किस्मत त कहिले निरक र कहिले घननाथ बोक्दै हिडिरहेका ढकालको यस्तो प्रवृत्तिले उनी आगामी निर्वाचनमा सडकमै पोखिने निश्चित देखिएको छ ।

अहिले एमालेवृत्तमा जिम्मेवारी र हैसियतमा ढकाल भन्दा शर्मा एक कदम माथि छन । राप्तीसोनारी र नरैनापुरको इन्चार्ज रहेकी शर्मा केन्द्रीय सदस्य र साँसद हुन । तर ढकाल साँसद र केन्द्रीय सदस्य भएपनि नेपालगन्जको मात्रै इन्चार्ज हुन । यसले पनि शर्मा नेता ढकाल भन्दा जिम्मेवारीका हिसाबले सिनियर छन ।

केन्द्रीय सदस्य हारुन यस अघिका बाँके सहइन्जार्च पनि हुन । दुई कार्यकाल केन्द्रीय सदस्य भैसकेका अहिलेका कोहलपुर इन्चार्ज हारुन त्यसैपनि बाँकेका केन्द्रीय सदस्यको पोटफलिओमा अग्रपंक्तिमा छन । यसरी हेर्दा पनि तेस्रो स्थानमा रहेका ढकाल प्रमुख अतिथि हुन नपाउने भएपछि आफनै निर्वाचन क्षेत्रको अधिवेशनमा नजानुले नरैनापुरका नागरिकले उनीबाट के अपेक्षा गर्ने यतिबेला नागरिकको प्रश्न बनेको छ । तर, पशुपति मिश्रा भने एमालेमा खासै योगदान वीनै ओली र महासचिप शंकरको आर्शिवादले केन्द्रीय सदस्य भनेका हुन । शान्ति ढकालको भने एमालेमा उत्तिकै योगदान र लगानी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *