साँसद र सिडिओको उदासीनताले नागरिकलाई सास्ती

जीवनशैली मुख्य खबर सामाजिक गतिविधि स्थानीय तह

नेपालगन्ज : प्रदेश तथा सँघीय साँसदको उदासीनता, लापरवाही र सिडिओको मौनताले बाँकेको नरैनापुर क्षेत्रका नागरिकले अहिले पनि सासती भोग्दै आउनु परेको देखिएको छ । प्रदेश साँसद कृष्ण केसी नमुना र संघीय साँसद सुर्य ढकालको निर्वाचन क्षेत्र नरैनापुरबाट करिब दुई दशकअघि विस्थापित भएका सरकारी कार्यालय अझै पनि पुनर्स्थापना हुन सकेका छैनन ।

सासँद मात्रै होइन यहाँका भौकालवादी सिडिओ श्रवणकुमार पोखरेलले समेत इलाका प्रशासन कार्यालय स्थापना गर्न चासो नदेखाएको नागरिक बताउँछन । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेललाई नेपालगन्जमा फेसबुकमा फोटो र सुचना हालेर भौकाल मच्चाउन ठिक्कै छ । नरैनापुरका नागरिकले सास्ती पाएको कसले बुझने ? यतिबेला आम नागरिकको प्रश्न छ ।

बाँकेका सिडिओ पोखरेल र साँसदहरु नरैनापुरमा विस्थापित कार्यालय स्थापना गर्ने तयारी भैरहेको भन्दै रेडिमेट जवाफले नागरिक झुक्काईरहेका छन ।प्रशासन कार्यालय समेत नहुँदा नरैनापुरवासीले स्थानीय सरकारको अनुभूति गर्न नपाएको स्थानीय नागरिक अगुवा विनय दिक्षित बताउँछन ।

नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा स्थानीयलाई नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन ४५ किलोमिटरको यात्रामा नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ ।तर, यी सरकारी कार्यालय स्थापना गरी नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्ने बारे साँसद केसी र ढकाल समेत उदासीन छन ।

कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न गाउँपालिकाले पटक पटक जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेस गरेका पालिका अध्यक्ष अध्यक्ष इस्तियाक अहमद शाह बताउँ५न । उनकाअनुसार तर, सिडिओ अफिसले यस बारे कुनै चासो गरेको छैन । नागरिकलाई गाउँ गाउँबाट सेवा दिने सङ्घीयताको मर्म र भावना अनुसार गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक रहेको उनी बताउँछन ।

सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै इलाका प्रशासन कार्यालय नरैनापुरलाई नेपालगन्जमा सारिएको थियो तर शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि सो कार्यालय पुनस्र्थापना नगरेर नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *