बाँकेमा करोडौंका पुर्वाधार अलपत्र, नरैनापुरमा सेटिग मिलाउँदै म्याद थप्दै

अर्थ वाणिज्य मुख्य खबर विविध सामाजिक गतिविधि स्थानीय तह

नेपालगन्ज : बाँकेमा जनप्रतिनिधीको उदासीनता र निर्माण कम्पनीको ढिलासुस्तीले करोडौ लागतका आधा दर्जन भौतिक पुर्वाधारका योजना अलपत्र देखिएका छन । यहाँका ८ मध्ये ५ वटा पालिकामा निर्माण गर्न लागिएको प्रशासनिक पुर्वाधार समेत अलपत्र र वेवारिसे छन । यीनको समयमै निर्माणका लागि कसैले चासो देखाएका छैन ।

बाँकेमा बैजनाथ र डुडुवा गाउँपालिकाले नयाँ आधुनिक भवन निर्माण गरिसकेका छन । तर, नरैनापुर, खजुरा, जानकी र कोहलपुरको प्रशासनिक भवन निर्माणा कार्यमा ढिलासुस्ती देखिएको छ । सरकारी ६ करोड ८० लाख ३१ लगानीमा निर्माण गर्न लागिएको बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासनिक भवन निर्माण कम्पनीको ढिलासुस्ती र गाउँपालिकाका जनप्रतिनिधीको उदासीनताका कारण अलपत्रत्र परेको देखिएको छ ।

संघीय सरकारले ६० र गाउँपालिकाको ४० प्रतिशत अनुदानमा निर्माण गर्न लागिएको उक्त पुर्वाधारको धेरै काम अलपत्र छ ।
पटक पटक म्याद थप गरिएपनि निर्माण कम्पनीको लापरबाहीले काम पुरा हुन नसकेको हो । पालिकाले तीन पटक म्याद थप गरिसकेको छ ।

ठेकेदार कम्पनीले तीन पटक थपिएको म्यादमा पनि काम सम्पन्न गर्न नसकेपछि चौँथो पटक म्याद थप्नका लागि फेरी निवेदन दिएको खुल्न आएको छ । तर पालिकाले यतिबेला भने म्याद थप्ने नथप्ने एकिन गरिसकेको छैन । यद्दपी ठेकेदार र जनप्रतिनिधी सँगै कर्मचारीको गतिलै मलिेमतोमा म्याद थप हुनसक्ने देखिएको छ । महालक्ष्मीजुगल विल्ड जेभि काठमाडौँले सोे भवनको निर्माण ०७९ साल असोज ३१ गते सम्पन्न गर्ने गरी ०७७ साल चैत ५ गते ठेक्का सम्झौता गरेको गाउँपालिका बताउँछ ।

भवन निर्माणका लागि ठेकेदार कम्पनीले ४ करोड २८ लाख रुपियाँ भुक्तानी लिइसकेको छ । एक करोड २० लाख पेश्की लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक चौधरी बताउँछन । समयावधि सकिएपनि निर्माण व्यवसायीले काममा ढिलाइ गरिदिएका कारण वडा कार्यालयबाट पालिकाले सेवा प्रवाह गर्न बाध्य रहेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *