एमाले बाँके नगर अधिवेशन : नेपालगन्जमा मोहितको चर्चा, कोहलपुरमा उम्मेदवार नै ढुलमुले

राजनीति विविध स्थानीय तह

नेपालगन्ज : बाँकेमा यतिबेला एमालेको वडा स्तरीय अधिवेशन सकिएसँगै गाउँ र नगरपालिका स्तरीय अधिवेशनको माहोल देखिएको छ । नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पलिका स्तरीय अधिवेशनका लागि आ आफनो पक्षका उम्मेदावरको प्रचारमा लागि परेको देखिएको छ ।

जानकी गाउँपालिकाको पालिका स्तरीय अधिवेशन भैसकेको छ । अन्य पालिकामा चुनावी रौनक देखिएको छ । तर, एमाले नेता, कार्यकर्ता र शुभचिन्तकले नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिको अधिवेशनलाई चासोका साथ हेरिरहेका
छन ।

नेपालगन्ज उपमहानगर पालिकाको नगर अध्यक्षमा युवा नेता मोहित शाहको चर्चा चुदिलै गएको छ । उषा थापा प्रतिस्पर्धीका रपमा देखिएकी छन । यी दुईबाहेक केहीले चासो देखाएपनि चुनावी मैदानमा उत्रिन सक्ने आँट उनीहरुमा देखिएको छैन ।
भास्कर काफ्ले र मीन मल्लले माथिल्लो तहका नेताको आर्शिवाद पाएको खण्डमा यति सर्वसम्वत हुन सके अध्यक्ष बन्ने इच्छा देखाएपनि भुगोलमा उनीहरुको चुनावी मैदानमा जान सक्ने हैसियत देखिएको छैन ।

जिल्ला कमिटीको सचिव हुँदै उपसचिव लडने भन्दै यसअघि लागि परेका जिल कमिटी सदस्य समेत रहेका मल्ल जिल्लामा कुनैपनि प्यानलमा नपर्ने र एक्लै लडन सक्ने दम नभएका कारण माथिल्लो कमिटीबाट नैतिकहीन बन्दै तल्लो कमिटी नगरमा सहमति भए अध्यक्ष हुने भनि लागिपरेको देखिएको छ ।

दुईवटा ढुगांमा खुट्टा राख्ने जतापनि लसक्कै हुने वानीका कारण मल्ल जिल्लाको कुनैपनि समुहमा नअटाएको एमाले नेता कार्यकर्ता बताउँछन । काफ्ले भने चुनावी मैदानमा जनाने तर सहमति भए अघि सर्ने दाउमा देखिएका छन । तर, दुबै जनाले मुख खोलेर उम्मेदवारी घोषणा भने गर्न सकेका छैनन । यद्दपी आन्तरिक खुरापाती खेलोमा भने लागि नै रहेका छन ।

कोहलपुर नगरपालिकामा भने अहिलेसम्म कुलप्रसाद भट्टराई, कुश्माखर बस्याल र अनिता पौडेलको चर्चा छ । तर, यहाँका यी उम्मेदारमा ढुलमुले नीति देखिएको छ । अहिलेसम्मको अबस्थालाई निहाल्दा कुलप्रसाद भट्टराईको प्यानल बनिसकेको छ ।
बस्याल र पौडेलको भने अहिलेसम्म प्यानल बन्न सकेको देखिदैन ।

एमाले कोहलपुर स्रोतकाअनुसार बस्याल र पौडेल पनि नेपालगन्जका काफ्ले र मल्ल जस्तै सर्वसम्मत पाए हुने नत्र चुनावी मैदानमा नउत्रने मनशायमा देखिएका छन । तर, चुनावी मैदानमा गए बस्याल र भट्टराईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

गाउँपािलका र नगरको अधिवेशन पछि जिल्ला अधिवेशनको रौनकता आउने देखिएको छ । अहिलेसम्म किस्मत कक्षपति, डिल्ली विसी र निरक गुरुग जिल्ला अध्यक्षको दौडमा लागिरहेका छन भने सचिवका लागि अहिलेसम्म आधिकारीक रुपमा बलराम भट्टराईले उम्मेदवारी घोषणा गरेका छन ।

जिल्लाको उपसचिवमा अहिलेसम्म किशोर थापा, दीपक बर्मा, कमल न्यौपाने, राजेन्द्र कँडेल र अनिता थापा खुलेका छन । तर, जिल्ला प्रतिनिधीका लागि वडामा छनौट बाँकी रहेकाले उनीहरुले पनि आधिकारीक उम्मेदवारी घोषणा गरेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *