विजनेसविहीन भएपछि भित्तामै पुगे काँग्रेस महामन्त्री

जीवनशैली राजनीति विविध समाचार

नेपालगन्ज : शनिबार बेलुका काँग्रेस पाटी कार्यालयले आयोजना गरेको बैठकमा सहभागी भएका महामन्त्री गगन थापा आइतबार विहानभर विजनेसविहीन भएपछि प्रेस युनियन बाँकेले थापाको गुम्नै लागेको इज्जयत बचाइदिएको छ । विजनेसविहीन हुाँद रन्थनिएका महामन्त्री थापा अन्तत प्रेस युनियनको आग्रहमा भित्तामै पुगेको सामाजिक सन्जालमा देखिएका छन ।

नेपालगन्ज्को बसाई अर्थपूर्ण नहुने देखिएपछि महामन्त्री थापा प्रेस युनियनको बोलावटमा भित्तपात्रो विमोचनमा पुगेको देखिएको छ । यस्तो पात्रो विमोचनमा जानु नै महामन्त्रीको पदीय नैतिकता भने होइन । जिल्लामा पाटी सभापतिदेखि काँग्रेसका प्रदेश र केन्द्रीय तहका नेता भैरहदा पाटी महामन्त्री जस्तो पदमा रहेको व्यक्ति भित्रेपात्रो विमोचनमा गएर बस्नुले यतिबेला एमाले, माओवादी, जसपामा होइन काँग्रेस वृतमै चर्चा चलिरहेको छ ।

देशको अबस्थालाई मुलधारमा ल्याउन नीति निर्माणदेखि प्रतिपक्षमा रहेर पनि जिल्ला दौडाहनका क्रममा पनि प्रतिपक्षको भुमिका खेलेर नीति निर्माण कार्यान्वयनमा लाग्नुपर्ने काँग्रेस महामन्त्री भित्तेपात्रो विमोचनमा जानु नसुहाएको बाँके काँग्रेसकै एक महाधिवेशन प्रतिनिधी समेत रहेका चर्चित नेताले नाम नछाप्ने शर्तमा बताए ।

महामन्त्री यसरी विमोचनामा जादा जिल्लादेखि केन्द्रसम्मका नेताहरुले समेत यो गलत भएको भन्दै गुनासो पोखेका छन ।यतिसामान्य काम त जिल्ला र प्रदेशका नेतालार्य गर्न दिए हुने एक नेताले भने महामन्त्री नै जानुपर्ने थिएन ।जहा नेपालगन्ज उपमहानगरपाकिलाका मेयर प्रशान्त विष्ट पनि पुगेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *