एमाले नगर अधिवेशन : नेपालगन्जमा मोहितको चर्चा

जीवनशैली राजनीति समाचार स्थानीय तह

नेपालगन्ज : लुम्बिनी प्रदेशको बाँकेमा यतिबेला नेकपा एमालेको वडादेखि पालिका हुदै जिल्ला अधिवेशनलाई व्यापक खुरापात चलिरेहको देखिएको छ । कतिपय वडापालिका तहकोभेला तथा त्यहाँबाट नगर तथा गाउँपालिका तहमा नेता छनोटका लागि प्रतिनिधी छान्ने काम भैसकेको छ ।

कतिपय वडापालिकामा यो क्रम चलिरहेको देखिएको छ । बैशाख दुईसम्म सबै वडापालिकाले प्रतिनिधी छनोट गरिसक्ने छन । यसपछि जिल्ला तहको अधिवेशनका लागि बैशाख २२ मा प्रतिनिधी छनोट हुने भएको एमालेका पुराना नेता तथा नेपालगन्ज वडा नम्बर ११ का इन्चार्ज दमनकुमार श्रेष्ठ बताउँछन ।

अहिले नेपालगन्ज उपमहनागरपालिकाको नगर अध्यक्षका लागि भने केही नेताबीच घम्साघम्सी देखिएको छ । जसमा अखिलको राजनीतिबाट उदाएका नेपालगन्ज नगर कमिटीका वर्तमान सचिव मोहित शाह अग्रपंक्तिमा देखिएका छन । वास्तवमै भन्ने हो भने आगामी दिनमा हुन लागेको एमाले नगर अधिवेशनमा मोहितको प्रतिस्पर्धी अरु कोही देखिदैनन । तर केही नेताहरले आकाक्षा भने देखाएको बजार हल्ला सुनिदै आएको छ ।

नगर अध्यक्षमा मोहितसँग् भिडन उषा थापा लागि परेको सुनिएको छ । तर, उनले आधिकारीक रुपमा आफनो धारणा सार्वजनिक गरिसकेको अबस्था छैन । यद्दपी मोहित शाह भने यसअिघदेखि नै अध्यक्षको उममेदवार रुपमा आफुलाई सार्वजनिक गर्दै आएका छन ।

विद्यार्थी राजनीतिबाट आएका मोहित नगर सचिव भैरहदा जिल्लामा एमालेले केन्द्र प्रदेश र जिल्ला तथा नगरले आयोजना गरेका सबै कार्यक्रमा उत्तिकै सहभागि हुने सक्रिय युवा हुन । एमालेले चलाएको ग्रास रुटका क्रममा पनि उनले नगर क्षेत्रका मात्रै नभई जिल्लाभरकै बस्ती, टोल वडामा पुगेर नागरिकको भावना बुझने र उनीहरुका समस्या समाधानमा अग्रपंक्तिमा भिएर लागिपरेका समेत थिए ।

बाँकेमा हुने एमालेका हरेक कार्यmत्रमा अग्रंपक्तिमा देखिने कुशल, इमान्दार राजनीति सस्कार बोकेका सहयोगी युवा मोहित शाहलाई नै यतिबेला नेपालगन्ज उपमहानगरको एमाले नगर कमिटी अध्यक्ष बनाउनुपर्नेमा एमालेका तलदेखि माथि सम्मका नेता मात्रै होइन आम कार्यकर्ता र अन्य दलका शुभचिन्तकहरुको पनि भनाई रहेको छ । यसैले पनि मोहित नगर अध्यक्षका योग्य र बलिया उम्मेदवार रुपमा देखिएको एमाले नेता कार्यकर्ता नै बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *