राप्तीमा नदी दोहन : अबैद्य काममा बाँके साँसदकै मिलेमतो सिडिओ उदासीन

मुख्य खबर विकास निर्माण विविध सामाजिक गतिविधि स्थानीय तह

नेपालगन्ज : राप्ती नदीमा मापदण्ड विपरित दोहन बढिरहेको देखिएको छ । राजनीतिक दलका नेताको मिलेमतो र डनहरुको सक्रियमा नदी दोहन बढेको हो । निरन्तर रुपमा नदीमा नीति विपरित नदीजन्य वस्तुको दोहन भइरहेको छ । नीति मिचेर दोहन हुँदा पनि स्थानीय सरकार र स्थानीय प्रशासन भने मौन छ ।

यहाँका खोलेडन र क्रसर व्यवसायीसँग एमाले, काँग्रेस र माओवादीका सथानीयदेखि प्रदेश र केन्द्रीय तहका नेता तथा साँसदको सेटिगं देखिएको छ । जसमा बाँके पुलिस र सिडिओको पनि सहमति देखिएको छ । जसका कारण दैनिक खोला दोहन निर्धक्क बढिरहेको स्थानीय बताउँछन ।

स्थानीय प्रशासनले नदी दोहन रोक्ने प्रयास पनि गरेको छैन । बाँकेको राप्तीसोनारी गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ । राप्तीसोनारीको वडा नं १, २, ५, ६ र ९ को अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्रभित्र पर्दछ । यही क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अवैधरूपमा दोहन भइरहेको छ ।

ती खोला तथा राप्ती नदी बगरमा दिनरात एक्साभेटर चलिरहेका छन् । नदीबाट उत्खनन गरिएका ढुङ्गा, गिट्टी, बालुवा टिपरले ५÷५ मिनेटको फरकमा किनारतिर ओर्साछन् । हुलाकी र नेपालगन्ज खजुरा सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ । अबैध रुपमा यसरी खोला दोहनबाट प्रहरी प्रशासन र सिडिओलाई समेत चटनी पुग्ने गरेको नागरिक बताउँछन ।

यसअघि रोकिएको खोला दोहनका लागि विविध कारण देखाउँदै एमालेका सुर्य ढकाल, काँग्रेसका पोषण केसी र माओवादीका कृष्ण केसीले फाइल अघि बढाई तीन महिनाका लागि खोला दोहन गर्न सरकारसँग कुराकानी मिलाएको खुलेको छ । जसबाट उनीहरुले मोटो रकम समेत लिने गरेको क्रसर व्यवसायी नै बताउँछन । राज्यको नीति पालना गराउने निकायमा रहेका यस्ता नेताहरुले नै नीति विपरितअबैद्य क्रसर चलाउन र खोलामा डोजर चलाउन प्रसर्य गर्दा राप्ती दोहनले झनै बढवा पाएको देखिएको छ ।

जनप्रतिनिधि, सरकारी कर्मचारी र प्रहरी नै यसका मतियार बनिरहेका छन् । वर्षेनी बाढीको चपेटामा पर्दै आएका स्थानीय बासिन्दा दिनरात खोला तथा नदीमा जथाभावी दोहन हुँदा चिन्ता व्यक्त गरिरहेका छन् । धेरै नागरिकले सिडिओ कार्यालयमा गुनासोसमेत गरि सकेका छन् तर बाँकेक सिडिओ कानमा तेल हालेर बसेका छन । क्रसर उद्योग सञ्चालकले गुन्डा राखेरै स्थानीयवासीलाई डरधम्की देखाउँदै खोला तथा नदी दोहन गरिरहेको गुनासा आएका छन ।

यसअघि शम्शेरगञ्जस्थित नदी किनारमा क्रसर स्थापना गरी राप्तीमा महीनौँदेखि एक्साभेटर चलाउन थालेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए । डिल्ली गिरीको संयोजकत्वमा सङ्घर्ष समिति बनेको थियो । समितिको अगुवाइमा स्थानीय बासिन्दा प्रहरी प्रशासन, समन्वय समितिलगायत सरोकारवाला निकायमा पुगेर राप्ती नदीको जथाभावी दोहन रोक्न माग गरेका थिए । तर, कतैबाट पनि स्थानीयवासीको माग अहिलेसम्म सुनुवाइ हुन सकेको देखिदैन ।

राप्तीसोनारी–८ का खुमबहादुर बस्नेतका अनुसार देखावटी रूपमा हुलाकी सडकलाई चाहिने निर्माण सामग्री भनेर भनिन्छ, तर चाँज गर्दा अन्यत्रै लैजान लागेका टिपर फेला पर्छन् । एक्साभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन गरिँदा गाउँ नै बाढीको उच्च जोखिममा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *