पत्रकार महासंघमा ताला : चौतारीको आन्दोलन नैतिकहीन

मुख्य खबर विचार/व्लग सामाजिक गतिविधि

नेपालगन्ज : प्रेस चौतारी नेपाल बाँके शाखाले नेपाल पत्रकार महासंघ बाँकेमा लगाएको ताला र आन्दोलन नैतिक र अर्थहीन देखिएको छ । महासंघ बाँकेमा तालाबन्दी छ तर, महासंघका हरेक गतिविधी निरन्तर चलिरहेका छन । तालाबन्दी भएको संस्थाभित्र रहेका सामग्री महासंघका पदाधिकारीले सहजै प्रयोग गरिरहेका छन । मनलागे उनीहरुले ताला खोलिरहेका छन । मन नलागे तालाबन्दी कायमै छ ।

नत चौतारीका माग सम्बोधन नै भएका छन । नत सहमतिमा ताला नै खोलिएको छ । यदि माग सम्बोधन भएर महासंघले सहज काम गरिरहेको भए तालाबन्दी किन गरिरहेको यतिबेला चौतारी आबद्ध आम पत्रकारले प्रश्न गरिरहेका छन । यतिबेला महासंघले कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम चलाई रहेको छ ।

जुन तालिममा आन्दोलनरत पक्ष चौतारकिा नेता मानिएकाहरुसँगै अन्यको सहभागिता देखिएको छ । महासंघलाई असहयोग गर्ने निहुँमा तालाबन्दी गर्ने, आन्दोलनमा उत्रिने अनि महासंघले नै आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदा प्रेस चौतारी बाँकेको आन्दोलन नैतिकहीन र अर्थहीन देखिएको छ । स्रोतका अनुसार शाखामा लागेको ताला अझै खोलिएको छैन ।

प्रेस चौतारी नेपाल बाँकेले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सिफारिस गरेको सदस्यता शुद्धीकरण एवं नयाँ सदस्यताको नामावलीप्रति असहमती जनाउँदै बाँके शाखामा ताला लगाएको जिल्ला अध्यक्ष दुर्गा रोकाय बताउँछन ।

महासंघको तालिममा नजाने भनिएको छैन प्रेस चौतारीका अध्यक्ष रोकायले भने नैतिकताका आधारमा प्रेस चौतारीका सदस्य र पदाधिकारी जान हुदैन थियो । उनले थपे आन्दोलन पनि गर्ने अनि कार्यक्रममा पनि जाने त नैतिकता होइन तर चौतारीले ताला लगाएको हो महासंघ नै बहिस्कार गरेको होइन । उनकाअनुसार तालिम वा अनय कार्यक्रममा सहभागि हुने र नहुने बारे चौतारीले कसैलाई केही निर्देशन दिएको छैन ।

सदस्यता विवाद समाधान नहुँदासम्म तालाबन्दी यथावत रहने देखिएको छ । तर, महासंघले केही पर्दा लुकिछिप ताला खोल्ने र ढोका थुनेर काम गर्ने गरेको महासंघकै पदाधिकारी बताउँछन । महासंघ बाँके शाखाले पनि सदस्यता वितरण र सदस्यता शुद्धिकरणमा मनपरी गरेको भन्दै असन्तुष्ट पत्रकारको समुहले संघर्ष समिति बनाएर महिनौंसम्म ताला लगाउँदा समस्या समाधानमा महासंघको समिति उदासीन रहँदा यसको नकरात्मक सन्देश देशभरी गएको छ ।महासंघ बाँकेका अध्यक्ष दामोदार भण्डारीलाई ज्ञापन पत्र बुझाए लगतै चौतारीले कार्यालयको मुलगेटमा ताला लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *