सीमामा शसस्त्रको २४ घण्टे पैदल गस्ती

विविध समाचार स्थानीय तह

नेपालगन्ज : सशस्त्र प्रहरी बलले बाँकेको जमुनाह नाकामा चौबिसै घण्टा पैदल गस्ती थालेको देखिएको छ । सीमामा हुने तस्करी पैठारी नियन्त्रण गर्न एक छुट्टै प्लटुन नै खटिने भएको छ।

सीमावासीसँग को सहकार्यमा सशस्त्र प्रहरी बलको प्लटुनले नै गस्ती गर्ने छ । त्यसका लागि पैदल गस्ती परिचालनसम्बन्धी अवधारणा पत्र, २०८० नै लागु गरिएको छ ।

सशस्त्र प्रहरी बलको पैदल गस्तीले अन्तर्राष्ट्रिय सीमा नाकामा गस्ती गर्दा सीमा सुरक्षालाई थप प्रभावकारी हुनेछ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र वेशहरू समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन गरेको छ ।

सीमा पैदल गस्तीसम्बन्धी अवधारणा तयार पारे लगत्तै लुम्बिनी प्रदेश ३० नम्बर गणले गस्ती थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *