सुर्खेत अस्पताल डाक्टर नहुँदा सेवा प्रभावीत

जीवनशैली मुख्य खबर विविध सामाजिक गतिविधि स्वास्थ्य

नेपालगन्ज : चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको न्युरो सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्युरो नसासम्बन्धी सेवा प्रभावित भएको हो ।

विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा।निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ गैसकेका छन । कर्णाली प्रदेश अस्पतालका लागि मन्त्रालयले पठाएको चिकित्सक अहिलेसम्म हाजिर भएका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले २०८० भदौ १७ गते न्यूरोलोजिस्ट डा।ओमविक्रम शाह, डा।प्रभात झा, डा।सुतप यादव र डा।चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो ।

जसमध्ये पहिलो ६ महिना डा।प्रभात र डा।चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसकेका छन । अहिले प्रभात नारायणी अस्पताल पर्सामा छन । चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन ।

त्यस्तै पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर हुनुभएका डाक्टरद्वय ओमविक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिरभएका छैनन । जसका कारण अस्पतालको न्युरो सेवा प्रभावित भएको अस्पतालमा निर्देशक डा।डम्बर खड्काले बताउँछन ।

मन्त्रालयको शाखाले पठाएको पत्रअनुसार उहाँहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर हुनुपर्ने थियो । तर, हालसम्म पनि हाजिर हुन आएका छैनन, डा।खड्का बताउँछन । डा। खड्काका अनुसार दैनिक २५ जना ओपिडी र तीन जनाको सङ्ख्यामा सघन अप्रेसन गर्नुपर्ने हुन्छ । दैनिक हुने सडक दुर्घटना र अन्य न्युरोको उपचार गर्न समेत बाहिर पठाउनुपर्ने बाध्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *