सहकारीमा सङ्कट

अर्थ वाणिज्य मुख्य खबर विविध सामाजिक गतिविधि

नेपालगन्ज : बाँके लगायत लुम्बिनी प्रदेशका दर्जनौं सहकारी संकटमा देखिएका छन । बाँकेमा नामै चलेका सहकारी डुब्दै छन । यसले हजारों नागरिकको बचत जोखिममा देखिएको छ । मुलुकमा २५ हजारको हाराहारीमा ऋण तथा बचत र बहुउद्देश्यीय सहकारीले संस्थाले कुनै न कुनै रूपमा बैङ्क जस्तै वित्तीय कारोबार गरिरहेका देखिन्छ ।

यिनैमध्येकै सहकारी आर्थिक रूपमा सङ्कटग्रस्त भएर बचतकर्ता आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने मागसहितको उजुरी बोकेर नियमनकारी निकायमा धाउने अवस्था सिर्जना भएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले केही सहकारीलाई सङ्कटग्रस्त घोषणा गरेर सदस्यको हित अनुकूलको समाधानका लागि पहल भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्ट पारेको छ ।

सहकारी ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार मन्त्रालय, सहकारी विभाग र प्रदेशमा सहकारी महाशाखा एवं स्थानीय तहमा सम्बन्धित स्थानीय तहले अनुगमन गर्नुपर्ने जिम्मेवारी हुँदाहुँदै पनि कतिपय अवस्थामा जिम्मेवारी वहन नगरेका कारण पनि सञ्चालकको मनोमानीले सहकारीमा अपचलन देखिएको हो ।

मुलुकका ७४ लाख नागरिक सहकारीमा सम्बद्ध रहनु निश्चय पनि गरिबी निवारण तथा जीवनस्तर सुधारका लागि महत्वपूर्ण आधार हो । तसर्थ सरकारले सहकारीप्रतिको जनविश्वासलाई कुनै पनि हालतमा गुम्न दिनु हुँदैन । समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता हुने विश्वास तत्काल दिलाउन आवश्यक देखिन्छ ।

सहकारीको नियमन र अनुगमनका सन्दर्भमा अवश्य पनि कमीकमजोरी भएका छन् । कतिपय अवस्थामा स्वार्थप्रेरित आँखा चिम्ल्याइ पनि भएको हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *