मानवबम बन्दै औद्योगिक क्षेत्रको धुवाँ : शहर प्रदुषित

जीवनशैली मुख्य खबर विविध सामाजिक गतिविधि स्वास्थ्य

नेपालगन्ज : बाँकेको नेपालगन्ज शहर दिनप्रतिदिन प्रदुषित बन्दै गएको छ । नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रको कालो धुवा यतिबेला मानव बमका रुपमा देखिएको छ । शहरमाथिको आकाशमा हरेक दिन मडारिने सो कालो धुवाँ मानव जीवनका लागि अत्यन्तै हानिकारक देखिएको छ । जसले गर्दा मानव स्वास्थ्यमा ठुलो असर पारिरहेको चिकित्सकहरु बताउँछन । नेपालगन्जमा बायु प्रदुषणको मुख्य कारकको रुपमा सहरीको केन्द्र भागमा रहेको औद्योगिक क्षेत्रका उद्योगबाट निस्कने धुवा रहेको छ ।

नेपालगन्ज सबैभन्दा प्रदुषित सहरका रुपमा छ । प्राविधिक अध्ययनले नै नेपालगन्जलाई मुलुककै सर्वाधिक प्रदुषित सहरका रुपमा खुलासा गरेको छ । वातावरण विभागले यसअघि गरेको अध्ययनअनुसार नै नेपालकै सबैभन्दा बढी प्रदूषित बायु भएको सहरका रूपमा नेपालगन्ज देखिएको छ ।

एक मापनअनुसार नेपालगन्जमा पीएम २ दश मलव ५ को मात्रा १ सय ८४ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको प्रदूषण अनुगमन अध्ययनले देखाएको छ । नेपालगन्जको बायुमा धुलोको मात्रा अत्याधिक धेरै छ।

नेपालगन्ज उपमहानगरपालिकाको सहरी क्षेत्रमा सडक, ढल तथा घर निर्माणका लागि बालुवा, माटो तथा ढुंगा गिटटी सडकका किनारामा राखिएका कारण सबारी साधन गुड्दा कालोपत्रे सडकमा पनि धुलो उड्ने समस्या धेरै छ । यसले बायु प्रदुषणको प्रत्यक्ष असर सर्बसाधारणको जनस्बास्थ्यमा पर्ने गरेको नागरिक अगुवा दमनध्वज डाँगी बताउँछन ।

बायु प्रदुषणका कारण श्वास प्रश्वास, छाला र आँखासँग सम्बन्धित धेरै स्बास्थ्य समस्या देखिने र लामो समय सम्म बायु प्रदुषण भएको क्षेत्रमा बसोबास गर्ने मानिसमा क्यान्सर सम्म हुन सक्ने भेरी अस्पतालका डाक्टर प्रकाश थापा बताउँछन ।

सहरी क्षेत्रलाई सफा र हरियाली बनाउनका लागि जमुनाहा देखि राझा चौक सम्म बृक्षारोपण गरिएको भएपनि यी विरुवाको उचित संरषण्अ भावमा खासै प्रतिफल आउन सकेको देखिदैन । नगरलाई धुवामुक्त राख्न औद्योगिक क्षेत्रलाई व्यवस्थापन गर्न सम्बन्धीत निकाय र उपमहानगरपालिका नै उदासीन देखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *