समृद्धि फाउण्डेशनद्धारा रक्तदानसँगै स्प्रे टंकी वितरण

कृषि समाचार स्थानीय तह स्वास्थ्य

नेपालगन्ज : समृद्धि फाउण्डेशन नेपालले बाँकेको जानकी ४ मा कृषकलाई अभिमुखीकरण तथा चार्जेबल स्प्रे टंकी मेशीन वितरण गरेको छ । जानकी गाउँपालिका ४ नं वडा कार्यालयको आर्थिक सहयोगमा फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जना कृषकहरूलाई अभिमुखीकरण तालिम प्रदान गरि स्प्रे टंकी मेशीन वितरण गरिएको हो ।

फाउउन्डेशनले केही दिनअघि जानकी ३ मा पालिका स्तरीय रक्तदान कार्यक्रम पनि गरेको फाउण्डेशनका अध्यक्ष महेश कुमार चौधरी बताउँछन । कृषकहरूलाई यान्त्रिक र प्राविधिक सहयोग पुर्‍याउँदै कृषकहरूको आयआर्जनमा वृद्धि ल्याउने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष चौधरीले बताए ।

किसानहरुको उत्पादनमा नोक्सानी हुन नदिन वडाबासी कृषकहरूलाई आवश्यक पर्ने स्प्रे टंकी मेशीन उपलब्ध गराइएको बताउदैं जानकी गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष रमेश कुमार बर्मा बताउँछन । स्प्रे टंकीबाट विषादी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी बारे जानकारी गराउने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो।

जानकी गाउँपालिका कृषि शाखा प्रमुख मनोज मण्डलले विषादीको छनौट र प्रयोग गर्ने तरिका, विषादीको महत्व र भविष्यमा पुर्‍याउने असर बारे किसानलाई जानकारी गराएका थिए । सहजकर्ता डिल्ली बिसीले किसानहरूलाई आफ्नो उत्पादनबाट आम्दानी बढाउन अपनाउनु पर्ने उपाय र बनाउनु पर्ने बताए । गाउँपालिकासंग कृषकहरुले योजना माग गर्दा ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी गराउंदै सहजकर्ता बिसीले आम्दानी बढाउन जमीन अनुसारको उत्पादन तर्फ ध्यान केन्द्रित गर्न किसानलाई सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *