बम बन्दै मिर्गौला समस्या @ डायलासिस अल्पकालीन रोकथाम मात्रै : एमाले अध्यक्ष ओली

जीवनशैली मुख्य खबर विविध सामाजिक गतिविधि स्वास्थ्य

कमल न्यौपाने @ नेपालगन्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पीडितका लागि डायलासिस अल्पकालीन रोकथाम मात्रै भएको बताएका छन । हरेक नागरिकले मिर्गौला बचाउन आफै सचेत हुनुपर्ने भन्दै अध्यक्ष ओलीले मिगौंला दिवसको अवसरमा यस्तो बताएका हुन ।

दुई पटक मिर्गौला फेल भएर प्रत्यारोपण गरीसकेका ओलीले नागरिकलाई मिर्गौला बचाउनका लागि आफु नै सजग हुनुपर्ने र यसका लागि खानपानमा एकदमै ध्यान दिनुपर्ने सुझाव समेत दिएका छन । अहिले नेपालमा मिर्गौला पीडितको एकिन विवरण त कसैसँग छैन ।

तर पनि बाँके, बर्दियाको अबस्थालाई मात्रै हेर्दा धेरै नागरिकले मिर्गौलाको समस्या भोगिरहेको अनुमान गर्न सकिन्छ । बाँके बर्दियामा मात्रै करिब एक हजारको हाराहारीमा यस्ता पीडित छन । भेरी अस्पतालको रेकर्ड अनुसार नै एक देखि डेढ सय नागरिक मिर्गौलाको यो वा त्यो समस्यामा देखिएका छन ।

अध्यक्ष ओलीले मिर्गौला दिवससँग आफनो भावनात्मक अनुभूति रहेको समेत बताएका छन । मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छुउनले भने हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ।

उनकाअनुसार प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। आफु प्रधानमन्त्री हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका दाबी गर्दै अध्यक्ष ओलीले मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्ने बताएका छन । उनी भन्छन स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ।

करिब एक सयको हाराहारीमा मिर्गौला पीडितहरु डायलासिसको पालो कुरिरहेको देखिएको छ । अहिले भेरीमा दशवटा मेशिन छन । जसमा ६ वटा नियमित चलिरहेका छन । ४ वटा मेसिन इमरजेन्सी चल्ने गरेका छन । मिर्गौला स्वस्थ राख्न स्वस्थ जीवनपायन जरुरी हुन्छ । यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति हुन आबश्यक देखिएको भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डाक्टर पारश श्रेष्ठ बताउँछन ।

उनकाअनुसार ताजा, पोषिलो र सन्तुलिन खाना खानुपर्ने हुन्छ । सकेसम्म आफ्नै भान्सामा पाकेको खानेकुरा खानु उचित हो । खानामा झोल, सागपात, सलाद अनिवार्य हुनुपर्छ । त्यसैगरी पर्याप्त मात्रामा पानी पिउनुपर्छ । यस वर्षको मूल नारा “मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *