अर्थहीन एमालेको परिक्षा : धेरैले बहिस्कार गर्ने सम्भावना

मुख्य खबर राजनीति विविध सामाजिक गतिविधि

नेपालगन्ज : नेकपा एमालेले लुम्बिनी प्रदेशका जिल्लामा संगठित सदस्यको परिक्षा लिने तयारी गरेको देखिएको छ । काँही नभएको जात्रा हाँडीगाउँ भने झै एमालेले संगठित सदस्यहरुलाई परिक्षा लिने गलत निर्णय गरेको भन्दै यतिबेला एमालेभित्रै चौतर्फी आलोचना भैरहेको छ ।

तर, अध्यक्ष केपी ओली सामु सत्यकुरा पनि बोल्न नपाईने प्रचलन रहेको कारण लुम्बिनीका मात्रै होइन एमालेका केन्द्रीय कमिटी पदाधिकारीदेखि नेता तथा कार्यकर्ता तै चुप मै चुपको अबस्थामा देखिएका छन ।

बाँकेको हकमा यो परिक्षा किन, केका लागि, कसरी लिन लागिएको हो भन्ने बारे बाँके इन्चार्ज खेममान खड्कादेखि जिल्ला अध्यक्ष किस्मत कक्षपति हुँदै जसले परिक्षा लिन सर्कुलर जिल्ला पठाएको लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीलाई समेत पूर्ण ज्ञान छैन । बाँकेमा यस बिषयमा नेता तथा कार्यकर्ताबिच खुबै टिाकाटिप्पणी भैरहेको छ ।

खुलेर कसैले अभिव्यक्ति दिन सकेको अबस्था छैन । तर, धेरै संगठित सदस्यले परिक्षामा सहभागिता जनाउँने देखिएको छैन । बाँकेका आठवटा पालिकालाई निहाल्दा हरेक दलका अधिकाशं संगठित सदस्य लेखपढ गर्न नजान्ने अबस्थामा छन । स्कुल विभागले लिने भनिएको उक्त परिक्षामा फेल भएको अबस्थामा त्यसको सदस्यता के हुने ? पास भएको अबसथामा के हुर्ने ? र परिक्षामा पहिलो दोस्रो तेस्रो हुनेलाई के गर्ने ? यस्तो कुनै प्रावधान देखिएको छैन ।

भएका संगठित सदस्यपनि गुमाउने अभियानका रुपमा आएको यो परिक्षा नीति सरासर गलत भएको बाँके एमालेका कतिपय नेताले टिप्पणी गरेका छन । तर, सार्वजनिक रुपमा बोले केपी ओलीको र प्रदेश कमिटीको विरोध गरे झै हुने र आफु नै समस्याम ापर्ने बुझेपछि कोहीले पनि खुलेर आफना धारणा राख्न सकेको अबस्था छैन ।

एमालेले गर्न लागेको यो परिक्षामा नन्द लाल रोकाय, बाबुराम गौतम, देवराज भार, लुटबहादुर रावत, लगायतका सिनियर नेताहरु नै अनविज्ञ देखिएका छन । एमाले बाँकेका अध्यक्ष कक्षपति समेत आफु अनविज्ञ भएपछि प्रदेश अध्यक्षसँग बुझन खोजेको तर, प्रदेश अध्यक्षले पनि बुझाउन नसक्दा समस्या सृजना हुँदा पाटीले भनेपछि जसरी पनि परिक्षा लिने उपलब्धी र परिणाम नखोज्ने मनस्थिितीमा बाँके एमाले पुगेको छ ।

बाँके सहति लुम्बिनीमा चैत्र ५ गते सबै संगठित सदस्यको परिक्षा हुने भएको छ । जसका लागि जिल्ला हतमा नेताहरुको जिम्मेवारी समेत तोकिएको बाँके एमाले प्रचार विभागका एक सदस्य बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *