निकुन्जको दादागिरीले स्थानीय तनावमा

कृषि मुख्य खबर विविध सामाजिक गतिविधि स्थानीय तह

नेपालगन्ज : बाँके राष्टिय निकुन्जले आसपासका नागरिकलाई आतंकित बनाइरहेको देखिएको छ । निकुन्जको क्षेत्र भन्दै स्थानीयको जमिनमा धावा बोल्दै गाउलेका जमिनमा प्रयोग भैरहेको कृषि उपकरण समेत कब्जा गरेर दादागिरी मच्चाइरहेको देखिएको छ ।

बाँके राष्ट्रिय निकुन्जको ज्याददि बिरुद्द यतिबेला कोहलपुर नगरपाकिलाका जनप्रतिनिाधी समेत जुर्मुराएको देखिएको छ । कोहलपुर १२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह निकुन्जले सर्वसाधारणलाई विगतदेखि सताउदै आएको र अहिले पनि विना कारण दुख दिइरहेको नागरिक तहबाट गुनासो आएको बताउँछन । उनले निकुन्जले तत्काल यस्तो हर्कत रोक्नुपर्ने बताएका छन ।

कोहलपुर १३ भरैया निवासि सुरेन्द्र थापाको बारी जोत्दै गरेको ट्याक्टर निकुञ्जले विना कारण नियन्त्रणमा लगेपछि यतिबेला निकुन्ज र जनप्रतिनिधी तथा स्थानीयबिच विवाद चर्किएको छ ।

निकुन्जका नाममा यहाँको केही निकुन्ज निकट अगुवा र कर्मचारिलाई मस्ति भएपनि जनतालाई सास्ति भएको देखिएको छ । निकुन्जका नाममा केही दलाल तथा अगुवा भनिएका अभियान्ताले कर्मचारीसँगको मिलेमतोमा ब्रम्हलुट गरिरहेका छन । तर, निकुन्जले विना कारण स्थानीयलाई सताउँदै आएको छ एक स्थानीयले भने निकुन्जका हाकिम र केही अगुवाको मिलेमतोले नागरिक समस्यामा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *