भूमिगत पानीको चरम दोहन : नियन्त्रणमा छैन कानून

अर्थ वाणिज्य जीवनशैली मुख्य खबर विविध सामाजिक गतिविधि स्थानीय तह

नेपालगन्ज : बाँके, बर्दियाका विभिन्न क्षेत्रमा भुमिगत पानीको चरम दोहन भैरहेको देखिएको छ । तर, यसको रोकथाम तथा निगरानीमा नेपालगन्ज उपमहानगरपालिका लगायतका स्थानीय तहर अनय निकायले चासो देखाएका छैनन । बाँकेमा धेरै भूमिगत पानी खपत हुने गरेको छ सर्वसाधराण मात्रै नभई सेना–प्रहरी र सरकारी कार्यालयले समेत अनुमति नलिई डिप बोरिङबाट पानी निकाल्ने गरेको देखिएको छ ।

शहरमा अग्ला भवन बनाउने क्रममा जमिनमुनिको पानी अत्यधिक तान्ने र विनाअनुमति डिप बोरिङ गर्ने गरेको देखिएको छ । ठूला भवन अस्पताल, अपार्टमेन्ट, सरकारी कार्यालय, होटेलले अनुमति नलिई डिप बोरिङ चलाउँदै आएको भएपनि बाँकेमा रहेको खानेपानी कार्यालय समेत तै चुप मै चुपको अबस्थामा छ ।

विनाअनुमति जथाभावी डिप बोरिङ र फाउन्डेसनको काम गर्दा जमिनको पानी तानेर फाल्दा भूमिगत पानीको सतह नै घट्ने र जमिनमै असर पर्ने सम्बद्ध विज्ञ बताउँछन । भूमिगत पानी प्रयोगमा सावधानी नअपनाउँदा त्यसले ठूलो असर पार्ने देखिएको जलस्रोतविद् मधुकर उपाध्याय बताउँछन । उनका अनुसार जमिनमुनिको धेरै पानी निकाल्दा माटो खुकुलो भएर भासिने डर पनि हुन्छ, यसबाहेक धेरै अग्लो जग वा बेसमेन्ट खन्दा सपोर्ट नपाएर नजिकैको जमिन भासिन सक्छ ।

गमीको ठाउँ भएकाले बाँके बर्दियामा वर्षायामभन्दा हिउँदयाममा भूमिगत पानीको खपत धेरै हुने गरेको छ । यसरी दोहन बढ्दै जाँदा अहिले इनार वा डिप बोरिङ गर्दा धेरै गहिराइमा पुगेपछि मात्रै पानी भेटिने गरेको छ । जमिन धसिने, आसपासमा रहेका खानेपानीका स्रोत सुक्ने, अन्य घर तथा भवनका इनार र डिप बोरिङमा पानी नआउने र जमिनको सतह नै घट्ने अवस्था निम्तिएको छ । यसको रोकथामका लागि सबै तहका सरकारले विकल्प सोच्नुपर्ने देखिएको छ । तर, स्थानीय हतसँग यसतो कुनै योजना नै देखिदैन ।

यहाँ ठूला भवन तथा अपार्टमेन्टहरूले मनपरी रूपमा पानी दोहन गरिरहेका छन् । कतिपयले एउटा डिप बोरिङको अनुमति लिएर धेरै चलाएको देखिएको छ । बाँकेमा खोला, कुवा र मूलको भन्दा बढी पानी डिप बोरिङ र इनारबाट तान्ने गरिन्छ । पिउनभन्दा अन्य प्रयोजनमा धेरै पानी खर्च हुने भएकाले भूमिगत पानीको दोहन बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *