विकासमा नरैनापुर : हरेक शिर्षकमा आर्थिक अनियमितता

अर्थ वाणिज्य मुख्य खबर विविध समाचार स्थानीय तह

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा पालिको विकास बजेट हरेक शिर्षकमा आर्थिक अनियमितता देखिएको छ । गाउँपालिकाले पुर्वाधार विकासदेखि शिक्षा, स्वास्थ्य, खेलकुद नागरिक सचेतना लगायतका हरेक शिर्षकमा आर्थिक अनियमितता गरेको पालिकाकै जनप्रतिनिधी बताउँछन ।

विकास बजेटमा रहेको रकम मध्ये अधिकाशं रकम कामै नगरी ठेकेदार र आसेपासेलाई उपलब्ध गराउनेदेखि सन्चारका नाममा मोटो रकम मनपरी रुपमा गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी निकटका व्यक्तिलाई दिने गरेको देखिएको छ । कतिपय ठेकेदार कम्पनीले काम गरेको ज्याला समेत पाउन नसकेको गुनासो गरेका छन ।

यहाँ हाकिम देखि जनप्रतिनिधी हुदै कमृचारी र केही मिडियाका आसेपासेको मोलमोलाईमा विकास लगायतको बजेटमा हालिमुहाली हुदै आएको यतिबेला चौतर्फी गुनासो आइरहेको छ । गाउँपालिकाको लेखा र प्रेस सल्लाहकार शाखालाई प्रभावीत बनाएर केही मिमिडयाका सन्चालक र पत्रकारले समेत कामै नगरी लाखौं रकम सिहजै असुली रहेका छन ।

तर, काम गर्ने सन्चारमाध्यमले भने नरैनापुरबाट विज्ञापनकै विल अनुसारको रकम समेत पाउन नसकेको गुनासो गरेका छन । पत्रकारका बिज्ञापनका विलमा समेत कमिशन खोज्ने गाउँपालिकाका कर्मचारीको नियमितका कारण थोरै बजेटको विज्ञापन वापतको रकम पनि लामो समयदेखि भुक्तानी हुन नसकेको बाँकेका केही मिडियाकर्मी बताउँछन ।

यसले पनि यस पाकिलामा मिडियाका क्षेत्रमा मात्रे नभई हरेक शिर्षकको बजेटमा अिनामिना र मनपरीतन्त्र चलिरहेको पुष्टि गरेको देखिएको छ । यस बिषयमा यहाँका जनप्रतिनिधी र कर्मचारी कुनै प्रतिक्रिया दिन चाहदैनन । अख्तियार समेत नरैनापुरमा भैरहेका यस्ता गतिविधीलाई केवल टुलुटुलु हेरेर बसिरहेको नागरिक गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *