कहिले बन्छ परसपुर–गौघाट सडक ?

अर्थ वाणिज्य मुख्य खबर विकास निर्माण विविध स्थानीय तह

नेपालगन्ज : १४ करोड लागतमा निर्माण गर्न लागिएको बाँकेको परसपुर–गौघाट सडक खण्ड अहिले पनि अलपत्रै देखिएको छ । निर्माणको जिम्मेवारी पाएको कन्काई गणपति जेभीको लापरवाही र बाँेका जनप्रतिनिधीको उदासीनताले उक्त सडक अहिलेसम्म अलपत्र देखिएको हो ।

सम्झौता अनुसार निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई(गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन भित्र कार्य सम्पादन बारेमा लिखित प्रतिवेदन सहित स्पष्टिकरण माग गरेको छ ।

अहिले १२ प्रतिशत मात्रै काम पुरा भएकोले कारबाहीको लागि पहिलो चरणको प्रक्रिया अगाडी बढाइएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सिनियर डिभिजन इन्जिनियर निरज शाक्य बताउँछन । परसपुर–गौघाट सडक खण्डको निर्माण कार्य निकै सुस्त छ । निर्माणको जिम्मेवारी पाएको कम्पनीको कार्य प्रगति सन्तोष जनक भएको छैन ।

परसपुर–गौघाट सडक खण्ड अब निर्धारित समयमा सम्पन्न हुन निकै कठिन भएको देखिएको छ। परसपुर–गौघाट सडक खण्ड निर्धारित समयमा सम्पन्न हुने सम्भावना सकिँदै गएको छ । जानकी, खजुरा र बर्दियाका जनताहरुले नेपालगन्ज आवात जावतमा प्रयोग गर्ने सडक लामो समयदेखि अलपत्र छ ।

संघीय सरकारको बजेटमा निर्माण हुन लागेको परसपुरदेखि गौघाटसम्म १० किलोमिटर सडक निर्माणको लागि कन्काई–गणपति जेभिले १४ करोडमा ठेक्का पाएको थियो ।निर्माणको ठेक्का पाएको कम्पनीलाई बारम्बार दबाब दिएपनि कामको गति सन्तोष जनक छैन ।ू

परसपुर–गौघाट सडक खण्डको अवस्था बिग्रिएका कारण दैनिक बाँके र बर्दियाका जनताले दुःख पाउँदै आएका छन् । सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने थियो ।

निर्माण कार्य सम्झौता अवधिमै सम्पन्न गर्ने दाबी कन्काई–गणपति जेभिका तुलसीराम भण्डारीले गरेका छन। एक दशकअघि उक्त सडकको कालोपत्रे गरिएको थियो । तर सडकको अवस्था बिग्रदै गएपछि २०७४ सालमा कालोपत्रे भत्काइएको थियो । त्यसपछि बजेट अभाव कारण उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *