असभ्य र खण्डहर बन्दै नेपालगन्ज

मुख्य खबर विचार/व्लग विविध स्वास्थ्य

कमल न्यौपाने : प्राचीन सहर नेपालगन्ज यतिबेला विविध कारणले खण्डहर मात्रै होइन असभ्य पनि बन्दै छ । नेपालगन्जमा असभ्यताको पराकाष्टा माथि देखिएको तस्वीरबाटै प्रमाणित हुन्छ । जहाँ सहरको मुख्य सडकमा फोहोरधनीले उपमहानगरपालिकालाई समेत चुनौती दिएर फोहोरको थुप्रो राखिदिएका छन । यसको व्यवस्थापनमा सबै उदासीन देखिएका छन ।

यद्दपी उपमहानगरपालिकाको फाहोर व्यवस्थापन महाशाखा र जनप्रतिनिधी तैचुप मैचुपको अबस्थामा छन । किनकी ती फोहोरधनी शक्तिशाली र पहुँचवाला होलान सायद । इतिहासदेखि नै देशको पश्चिम क्षेत्रको महत्वपुर्ण सहरको रूपमा रहँदै आएको नेपालगन्ज देश संघीयतामा गएपछि असभ्य र खण्डहर बन्ने क्रममा देखिएको यस्तै यस्तै नागरिक गतिविधिले देखाएको स्थानीय शासनका जानकार तथा नागरिक अगुवा मीनबहादुर मल्ल बताउँछन । नागरिक अगुवा मल्लका अनुसार तत्कालिन मध्यपश्चिम विकास क्षेत्रबाट बनेको कर्णाली र लुम्बिनी प्रदेशमा यसलाई लुम्बिनीमा समेटिनु नै नेपालगन्जको दुर्भाग्य हो ।

यसलाई लुम्बिनीमा राखिएपछि नेपालगन्जमा भएका अधिकाशं सरकारी निकाय तथा एनजिओ आइएनजिओ र महत्वका कार्यालय वुटवल र कर्णाली प्रदेशको सुर्खेत सारिएका छन । अहिले नेपालगन्ज जिल्ला तहका सरकारी कार्यालय र फाटफुट लोकल गैरसरकारी संस्थाको भरमा थेगिएको छ । नेपालगन्जमा भएका कर्णालीका प्रदेश स्तरका सबे कार्यालय धमाधम सर्दै छन ।

यतिसम्मकी नेपालगन्जमा रहेका मालपोत, नापी, यातायात लगायतका कार्यालय पनि कोहलपुर तिर जाने क्रम बढिरहेको देखिएको छ । यसले हिजो नेपालगन्जको चाम यतिबेला खस्कदै जादाँ सहर खण्डहर बन्न पुगेको देखिएको नागरिक अगुवा मल्लको बुझाई छ । व्यापार व्यवसायमा हिजोको जस्तो जाम छैन उनी भन्छन जमिन जग्गाको कारोवार गतिलो छैन ।

सरकारी कार्यालयमा नागरिकको आवतजावत बाक्लो देखिदैन । धेरै कार्यालय वुटवल र सुर्खेत सरेसँगै आधा बढी नागरिकको संख्या घटेको छ । सडक सुनसान देखिन थालेका छन । यी थुप्रै कुराले नेपालगन्ज खण्डहरमा परिणत हुने संकेत देखिएको छ ।
इतिहास खोतल्दा राणा प्रधानमन्त्री जंगबहादुरले तत्कालीन ‘इस्ट इन्डिया कम्पनी’का शासकलाई रिझाएबापत पाएको भुमि बाँकेको सहर नेपालगन्ज भारतको उत्तरप्रदेशको बहराइच जिल्लाको रुपैडिहासँग जोडिएको छ ।

यहाँ सांस्कृतिक, राजनीतिक तथा आर्थिक रूपमा नेपालगन्जको पहिचान छुट्टै छ । यही गर्विलो इतिहास र सुनौलो भविष्यमा केन्द्रित रहँदै आएको तत्कालिन मध्यपश्चिमको ठुलो सहर नेपालगन्ज पछिल्ला दिनमा सुर्खेत र वुटवलको तुलनामा सुनसान नै देखिएको छ ।

बाँके बर्दियालाई कर्णालीमा समेटेर यसलाई कर्णालीको औद्योगिक सहर बनाउनुपर्ने नागरिक आवाज उठेपनि यस बिषयमा बाँके, बर्दियाका संघीय तथा प्रदेश साँसदको ध्यान जान सकेको देखिदैन । बाँकेका संघीय साँसद धवलशम्सेर राणाले मेयर हुँद यस्ता आवाज उठाएपनि संसदमा प्रतिनिधित्व गरेपछि यो आवाज उठान छोडेका छन ।

जनसांख्यिक विवरण र धार्मिक समीश्रण हेर्दा नेपालगन्जमा कहलिएका साहित्यकार, इतिहासकार, राजनीतिक विश्लेषक, समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, कानुनविद् आदिले लेखेको एक पुस्तकको अध्ययनबाट नेपालगन्जलाई नजिकबाट चिन्न सकिन्छ । तर, सहर खण्डहर बनिरहँदा कसैको ध्यान जान सकेको छैन । कसैले आवाज उठाउँन सकेका छैनन ।

सन् १७७२ को युद्धमा नेपालगन्ज भारतको अवधमा गाभिएको थियो । अहिले कर्णालीबाट अलग गरि लुम्बिनीमा गाभिएको छ । नेपालगन्ज १९९४÷९५ तिर नै काठमाडौं सहरकै हाराहारीमा विकसित भएको मानिएको नेपालगन्ज संघीय संरचनाअनुसार यतिबेला प्रदेशकै पाँचो सहरका रुपमा पछि धकेलिएको देखिएको छ ।

वुटवल, भैरहवा, घोराही, तुलसीपुर पछि अहिले नेपालगन्जको क्रमागत संख्या रहँदै आएको भेटिएको छ । यसले पनि नेपालगन्ज शहर विकास पुर्वाधारमा अघि भएपनि जनसंख्या, सरकारी सेवाप्रवाह, सामाजिक गतिविधी र चहलपहलमा पछि देखिएको छ । यसको साख जोगाउने हो भने बाँके बर्दियालाई कर्णालीमा समेटेर अघि बढन आबश्यक देखिएको छ ।

कर्णाालीको राजधानी सुर्खेत यहाँ जिल्लासँग बाँके, बर्दियाको पुरानो सम्बन्ध छ । जुन सम्बन्ध स्थापित गर्नका लागि पनि यसलाई कर्णालीमा समेटेर सुर्खेतलाई प्रदेश राजधानी र नेपालगन्जलाई औद्योगिक राजधानीका रुपमा विकास गर्न सके कर्णाली र बाँके, बर्दियाको भविष्य देखिनुका साथै गुम्न थालेको नेपालगन्जको साख जोगिने र एतिहासिक नेपालगन्ज सहर खण्डहर बन्नबाट रोकिने कुरामा दुईमत छैन । यसतर्फ सम्बन्धीत निकाय र पक्षको ध्यान जान जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *