सन्दर्भ माओवादी जनयुद्ध दिवस : जनयुद्ध र द्धन्द्धपत्रकारिता

राजनीति विचार/व्लग विविध

कमल न्यौपाने : माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो । जुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकार बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो । २०५२ फागुन १ बाट ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने उद्घघोषसहित नेकपा माओवादीले ‘जनयुद्ध’ प्रारम्भ गरेको थियो ।

यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूले प्रतिनिधित्व गरेको छ । उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७ हजार बढी व्यक्तिको मृत्यु भएको थियो । अधिकांश रूपमा हजारौँ ग्रामीण भूभागका मानिसको विस्थापन भएको थियो ।

विद्रोह सुरु गर्नु अगाडि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको सङ्खघोष गरिएको थियो । अब नेपालमा माओवादको आबश्यकता देखिएको छ भन्ने आवाज कताकता २०४८ सालतिर एउटा समुहले बुलन्द गरेको कँहीकतै पढन र सुन्न पाइएको थियो । तर, २०५२ साल फागुन १ गते माओवादको सिद्धान्तमा रहेर नेपालमा माओवादी नाम शक्ति समुहले युद्ध अभियान थालेको हो । जसको नेतृत्व हिजोदेखि आजसम्म पुष्पकमल दाहालले गरिरहेका छन ।

हिजोको माओवाद यतिबेला प्रचण्डवादमा रुमलिरहेको छ । २०५२ मा रोल्पा, सिन्धुपाल्चोक र गोरखाबाट थालनी भएको युद्धको ज्वाला केही बर्षमै देशभर सल्किएको थियो । रोल्पाको थावागंलाई उद्गमस्थल वा केन्द्र मानेर थालनी भएको जनयुद्ध अर्थात माआवादीको माओवाद अभियान २०५३ को अन्तिम २०५४ को शुरुवातसँगै जाजरकोट, दैलेख सल्यानका डाडापाखामा बारुद र बमका आवाजसँगै माओवादी संगठन विस्तारको संकेत देखिन थालेपछि पश्चिम नेपालका रोल्पा, जाजरकोट, सल्यान रुकुम दैलेख अछाम जिल्ला माओवादी जनयुद्धको प्रभावमा देखिएका थिए ।

सायद त्यहि बेला जस्तो लाग्छ कान्तिपुरमा दिलभुषण पाठक र हरिहरसिंह राठौरले माओवादी जनमुक्ति सेनाले हतियार बोकेको फोटो छोपेका थिए । त्यसपछि नेपालमा माओवादी र जनमुक्ति सेना तथा जनयुद्धको आभाष फैलिएको मैले बुझेको छु । माओवादीले पहिलो पटक २०५४ को अन्तिम तिर सल्यानमा साना किसान विकास बैंक कब्जा गरेपछि दैलेखमा माआवादी लुक्न आएका थिए । त्यो बेला मैले सल्यानमा बैक कब्जापछि दैलेखमा माओवादी सेल्टर शिर्षकमा समाचार लेखेको थियो । यहि समाचार दैलेखमा माओवादी अभियान थालनीको विजारापण बनेको हो ।

दैलेखको नौमुले, कट्टी, कालिका क्षेत्र तत्कालिन अबस्थामा माओवादी नेता तथा सेनाको सेल्टर बनेको थियो । दैलेखमा माआवादी अभियानमा केही स्थानीयले पनि प्रवेश गरी गाउँमा अभियान थालिसकेका थिए । सदरमुकाम दैलेख बजारमा नौमुले क्षेत्रमा माओवादी देखिए भन्ने हल्लासँगै हामी माआवादीको रिर्पोटिगका लागि सदरमुकामबाट २०५५ कार्तिकको महिना नौमुलेतिर लाग्यौ । त्यस बखत गाउँ जान सक्ने अबस्था भएपनि माओवादी कस्ता होलान ? के गर्छन होला ? यस्ता प्रश्नले हामी रिपोटरलाई नै सोधकर्ता बनाएको थियो ।

जाजरकोटका प्रभावशैली व्यक्ति पासमणि – मयाप्रसाद शर्मा दैलेखका इन्चार्ज रहेछन । उनीसँग भेटपछि माओवादी दर्शन र आर्दशका वारे केही बेर उनका गफ सुनेर सदरमुकाम फकिएपछि त्यसै गफलाई आधार मानेर दैलेखबाट माओवादी जनयुद्धकोको पहिलो समाचार लेखियो । नेपाल समाचारपत्रले पहिलो पेजमा प्राथमिकताका साथ मेरो बाइलाइनमा समाचार छाप्यो । भोलीपल्ट काठमाडौदेखि दैलेखसम्मै यो समाचारले माओवादी मात्रै होइन सरकारी सेना, पुलिस, सरकारी निकायबिच हंगामा मच्चियो । दैलेखमा नेपाली सेना थिएन । यहि समाचारको प्रभावले तत्कालिन सरकारले दैलेख सदरमुकाममा फस्ट राइफल गण नाम सेनाको टुकुटी समेत राख्न पुगेको थियो पछि भवानी बक्स गण आयो । यस अबस्थामा पुग्दासम्म दैलेख तथा मध्यपश्चिममा रिपोटरको संख्या पनि कमै थियो ।

नेपालगन्जमा बसेर विविसीमा काम गर्ने नेत्र केसी यस क्षेत्रका प्राय सबै जिल्लाको रिपोटिग गर्थे तर नेपालगन्जमा बसेर । जनयसद्ध चर्किदै जान थालेको थियो । गाउँमा माअ‍ोवादको आर्दश हत्या हिंसा अपहरण विस्थापन कुटपिटमा परिणत भैरहेको थियो । गाउँमा बजारबाट कोही जान सक्ने अबस्था थिएन । जाजरकोट दैलेख अछाम र कालिकोटमा चर्किएको माआवादी जनुद्धको प्रभाव सबैभन्दा बढी त्यसबेला यो वा त्यो ढंगबाट पत्रकारतामािथ परेको थियो । किनकी समाचार संकलनका लागि पत्रकार गाउँ जानै पर्ने थियो वा बजारमा बसेर भएपनि पनि कुनै न कुनैस्रोतबाट समाचार त लैख्नै पर्ने थियो ।

जिल्लामा पत्रकारको संख्या थोरै हुने त्यहिमा पनि गाउँ जान नसकिने अबस्थाले कतिपय समाचार त सुनको भरमा नै लेख्नु पर्ने हुन्थ्यो । त्यसत समाचारले विवाद भने ल्याउने गरेका थिए । माओवादी जनयुद्धमा माओवादीकै हतियार धारीसँग भेटेर समाचार बनाउनु पर्ने यता सकरारी हतियारधारीसँग नि सँगै बसेर समचार बनाउनुपर्ने खुकुरीको धारमा थियो त्यो बेलाको युद्ध पत्रकारिता । तर, माओवादी जनयुद्धताका यसरी ज्यानको बाजी नै गाएर युद्ध पत्रकारिता गर्ने नेपालमै औलामा गन्न सकिने पत्रकार थिए । पुर्वी नेपालमा २०५६ देखि २०५७ तिर खासैमाअ‍ोवादी युद्धको प्रभाव थिएन ।

तर, मध्यपश्चिमका यी जिल्लामा त्यस बखत माओवादीले लगभग जिल्ला सदरमुकाम बाहेक सबै कब्जा गरिसकेका थिए । गाउँमा उनीहरुकै अदालत थियो । जनसरकार गाउँसरकार वडा सरकार सबै थियो । राज माओवादीकै चल्थ्यो । यस्तो अबस्थामा गाउँ जान जोकोहीलाई प्रतिबन्ध थियो । तापनि प्रेसको आडमा नेपालमा त्यसबेला युद्ध रिपोटिगका क्रममा उजिर मगर, राजन शर्मा, सागर श्रेष्ठ काठमाडौंंबाट दैलेख जाजरकोट कालिकोट अछामका लागि रिपोटिगंमा आउथे यताबाट जाजरकोटमा हरिहरसिंह राठौंर, दैलेखमा डेकेन्द्र थापा, पुस्कर थापा र कमल न्यौपाने –म स्वयंम ) अछाममा बेदप्रकाश तिमिल्सेना, बाँकेमा रामेश्वर बोहोरा, जे पाण्डे, नेत्र केसी सधै फ्रन्ट लाइनमा गएरै माओवादी जनयुद्धमा सयौं समाचार सम्प्रेषण गरिएको छ ।

२०५९ सम्म तराईका जिल्ला बाँके बर्दियामा खासै माओवादी गतिविधीको प्रभाव थिएन । यसको मतलब अन्य साथिहरुले समाचार नै नलेखेको भन्ने होइन त्यस अबस्थामा यो वा त्यो तरिकाले सबै जना साथिहरुले पत्रकारिता गरेका छन । तर, जोखिम र दुःख अनि विस्थापनदेखि हत्यासम्म हुँदाको पत्रकारिता हामीले जति अन्य साथिहरुले गरेको देखिदैन सत्यता स्वीकार्न सक्नुपर्छ । यतिसम्मकी तत्कालिन अबस्थामा माओवादीकै जनवादी पत्रकारले समेत हामीले जति दुख्ख गरेर युद्ध पत्रकारिता गरेको देखिदैन । किनकी उनीहरु निश्चित घेरामा बसेर सेल्टरमुखी पत्रकारिता गरिरहेका थिए ।

हामी भने छताछुल्लको पत्रकारिता जतिबेला जहाँ जुनअबस्थामा पनि दौडिनु पर्ने अबस्था थियो । तत्कालिन अबस्थामा शक्ति लम्साल, ओम शर्मा, मनऋषि धिताल, गोविन्द आचार्य, काशिनाथ शर्मा लगायतका माओवादको आर्दश बोकेका पत्रकारले एकतर्फी रुपमा माओवादीकै गुनगान गाउने अबस्था थियो । तर हामीले भने माओवादीको राजनीतिक अबस्थादेखि युद्धदेखि सरकारी पक्षका गतिविधीमा समेत खेल्न पर्दा हामी तरबारको धारमा हुने गथ्यौं ।

युद्ध चर्किदै जाँदा राज्य तथा माओवादी पक्षले पत्रकारितालाई समेत निशाना बनाउन थाले । पत्रकार कृष्णसेन इच्छुकको हत्यापछि हामीमा एकखालको विचलन र त्रास आएको पक्कै हो । सरकारी पक्षबाट हत्या गरिएका कृष्णसेना जनयुद्धका नाममा मारिने पहिलो पत्रकार हुन । यसपछि पत्रकारमाथिको दुबै पक्षको हमला रोकिएन । माअ‍ोवादीले धम्की, अपहरण हत्या सम्मको बाटो रोज्यो । सरकारले धम्की, नियन्त्रण, गिरफतारी देखि हत्यासम्म गर्ने चेष्टा पनि नगरेको होइन ।

समाचार लेखेकै कारण कृष्णसेन, वीरेन्द्रशाह, उमासिंह, हरि केसी, डेकेन्द्र थापाको हत्या हुनु पत्रकारिता माथिको कालो धब्बा नै हो । दैलेखमा समाचार लेखेकै निहुँमा डेकेन्द्र थापा र कमल न्यौपानेलाई अपहरण गरिएको थियो । अपहरणको २८ दिनपछि विविध यातना, दुख्ख र कष्ट र धम्कीका बाबजुद कमल न्यौपानेलाई पत्रकारितासँगै जिल्ला छोडने धम्की सहित रिहा गरिएको थियो ।

जसकोबिचमा सेना पुलिसका तर्फबाट थुप्रै यातना खेप्न परेकोअबस्थामा पनि पत्रकारिता चलि नै रहयो । तर, जिल्ला छोडेर विस्थापित हुनबाध्य बनाइएको थियो । दैलखमा म मात्रै होइन तत्कालिन अबस्थामा अछामका बेदप्रकाश तिमिल्सेना, सल्यानका डिल्ली विसी, कालिकोटका नगेन्द्र उपाध्याय, अजय बमले विस्थापनको शिकार भएर जिल्ला छोडन परेको अबस्थामा पनि युद्ध पत्रकारिता गरिरहेको इतिहास छ ।

माओवादको आदर्शमा थालिएको तत्कालिन माओवादी अभियान अहिलेसम्म आइपुग्दा अझै उक्त आदर्शमुखी हुन सकेको देखिदैन । शुरु देखि अहिलेसम्म प्रचण्डले नै कमाण्ड समालिरहेका छन । त्यसताका पनि प्रचण्ड नै सुप्रियम कमाण्डर थिए । २०५८ तिर पोष्टबहादुर बोगटी र रामबहादुर थापा आएको अवसरमा सुर्खेतको छाप्रेबाट जनादेश बिशेष अंक प्रकाशन गर्दा भेटिएका गोविन्द आचार्य मनऋषि धिताल र ओम शर्माको आग्रहमा मैले जानदेशको एउटा पेज सम्पादन समेत गरिदिएको थिए । जसबेला वरिपरि जनमुक्ति सेनाले घेरिएपछि सैनिक बुलेटिक निकालिरहेको आभाष भैरहेको थियो । तर, दाबी गर्नेआधार समाचारमा मेरो बाइलाइन भने थिएन किनकी म शहरमा बसेर पत्रकारिता गर्ने पत्रकार भुमिगत पत्रिकामा बाइलान आउने त कुरै थिएन ।

सुर्खेतमा रहदाँ प्रशान्त सिम्तालीका नामबाट एक जना भुमिगत पत्रकारले पठाउने थुप्रै माओवादी गतिबिधीका समाचार मैले सुसेली र समाचारपत्र दैनिकमा छापेको छु । तत्कालिन अबस्थामा मयाप्रसाद शर्माका गफदेखि जनयुद्ध र जनमुक्ति सेनाका गतिविधी मात्रै होइन सरकारी सेना पुलिस र राज्य सन्चालकका विरुद्धमा डटेरै खुबै समाचार नलेखिएको होइन । तर, अहिले कतिपय प्रमाण भएपनि कतिपय कुराको कुनै लेखिकरण वा दस्तावेज भने देखिदैन ।

यतिसम्मकी नेपालमा माओवादी युद्धको दस्तावेज र इतिहास लेखिकरण समेत छैन, त हामी पत्रकारले गरेको दुख्ख, भोगेको पीडा र लेखेका समाचारको लेखिकरण कहाँ कसरी होस । यतिबेला माआवादी अभियान थालनीको २८ बर्ष भैसकेको छ । माओवादीले फागुन २ मा स्थापना दिवस समेत मनाउदै आएको छ । तर, स्थापनाको फागुन दुई २०५२ को दस्तावेज अहिले पनि माओवादीसँगै देखिदैन । अहिले हमी युद्ध पत्रकार हँु भन्ने महामहिम मित्रहरुसँग पनि युद्ध पत्रकारिताको अनुभव र दस्तावेज छैनन । विगतका घटनाको दस्तावेजिकरण नहुनु राज्य र विद्रोही पक्षको मात्रै होइन हामी जस्ता युद्ध पत्रकारको पनि कमजोरी हो । यसलाई स्वीकानै पर्छ ।

युद्धले धेरै कुरा सिकाएको पनि छ । नागरिकमा जनचेतान अभिबृद्धि पनि गराएको छ, थुप्रै विकास र पुर्वाधार निर्माणका काम पनिभ एका छन । तर, तत्कालिन अबस्थामा युद्धका नाममा केही गलत काम पनि भएका छन । जसमध्ये सन्चार क्षेत्रमाथिको आक्रमण माओवादीको सबैभन्दा ठुलो कमजोरी र गलती हो यो माओवादीले कुनैपनि अबस्थामा स्वीकार्न सक्नुपर्छ । २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग ०२ साल फागुनदेखिको युद्ध समाप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *