प्रेस चौतारी स्थापना र इतिहास

जीवनशैली विचार/व्लग विविध सामाजिक गतिविधि

कमल न्यौपाने : प्रेस चौतारी नेपाल स्थापनाको २६औँ वर्षमा प्रवेश गरेको छ । २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा चौतारीले केन्द्र स्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गर्ने गरेको छ ।एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको पहिलो स्थानीय समितिका रुपमा ललितपुरको गोदावरी नगर समिति गठन भएको थियो । अहिले स्थानीय तहका धेरै पालिकामा प्रेस चौतारीको संगठन छ । लुम्बिनी प्रदेशका थुप्रै पालिकामा पनि यसको संगठन विस्तार चलिरहेको छ ।

बाँकेमा नेपालगन्ज पछि कोहलपुरमा यसको शाखा विस्तार भै कोहलपुरले पनि २६ औं स्थापना दिवस मनाउने अवसर पाएको छ । तत्कालिनअ बसथामा प्रेस चोतारीको नेपालका सबै जिल्लामा समेत सगठन थिएन । काठमाडौ र केही शहरी तथा विकसित जिल्लालाई आधार मानेर दुर्गका पत्रकारले काम गर्नुपर्ने अबसथा थियो ।

तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको इतिहास हेर्दा मैले जाने बुझेसम्म प्रेस चौतारी यस क्षेत्रका थोरै जिल्लामा गठन भएको थियो । बाँके, सुर्खेत, दाग, बर्दियामा संगठन भएपनि कर्णाली र राप्ती तथा भेरी अन्चलकै कतिपय जिल्लामा प्रेस चौतारी गठन हुन सकेको थिएन । दैलेखमा २०५७ मा प्रेस चौतारी गठनका लागि अमर सुनार र मैले प्रयास गरेपनि तत्कालिन चौतारीको केन्द्रीय नेतृत्व र सुर्खेत शाखाले सहमति नदिदा हामी असफल भइ तदर्थ समिति बनाएर संगठनको विजारोपण गरेका थियौ ।

त्यसको केही समयपछि अर्थात २०५७ कात्र्तिकमा सायद हामीले शाखा स्वीकृत पाएर मध्यपश्चिममा अर्को शाखा थपिएको थियो । जस बेला म प्रेस चौतारी दैलेखको संस्थापक सचिवका रुपमा थिए । यस अवसरमा धेरै कार्यक्रम र बैठकमा सहभागी भएपछि अन्यत्र जिल्लामा शाखा गठन गर्नुपर्ने आवाज हामीले उहिबेला उठाएका थियौ ।

पछि अन्य जिल्लामा बिशेष गरी कर्णाली भेरी र राप्तीको सबै जिल्लामा प्रेस चौतारीका शाखा विस्तार गरेर अहिले पनि निरन्तर आफनो काम गरिरहेका छन । शाखा विस्तारको अभियानमा त्यस बखत बालकृष्ण चापागाई, शिव गाउँले, महेन्द्र विष्ट, किशोर श्रेष्ठ लगायतका अग्रजको भुमिका उल्लेख्य छ ।

पत्रकारको जिवन नै अचम्मको हुँदोरहेछ । वर्षौंवर्ष अरुको अधिकार, समानता र न्यायका विषयमा बोल्ने तर आफ्नो विषयमा आफैले बोल्न नहुने । नेपाली पत्रकारिताको इतिहास लामो छ । संख्यात्मक धेरै भएपनि गुणात्मक फड्को मार्न बाँकी छ । पत्रकारका पेशागत, व्यवसायिक र भौतिक सुरक्षाको सुनिश्चिता हुन बाँकी छ । पत्रकारका कुम्भमेलामा यस्ता गम्भीर चासो, वहस र छलफल हुनेगर्छन् ।

तर निक्लेको निचोड र निस्कर्षको कार्यान्वयनमा न पत्रकार स्वयम् जिम्मेवार हुन्छन् न सुन्नुपर्ने निकायले जिम्मेवारी निर्वाह गरिदिन्छ । कुरा धेरै हुन्छ काम थोरै । चौतारी जन्मेको पनि २६ वर्ष भए छ । धेरै पत्रकार जन्माएको छ । तर आशातित् तिनका क्षमता अभिबृद्धिमा भूमिका खेल्न सकेको देखिदैन ।

प्रगतिशील पत्रकारको छाता संगठन प्रेस चौतारी नेपालको सात हजाबढी पत्रकारले छाता ओढेका छन् । हरेक तीन वर्षमा पत्रकारको समस्या, चुनौति र समाधानका विषयमा एकै थलोमा गन्थन–मन्थन गर्छ । तर समस्या समाधान हुँदैन । सरकारलाई ज्ञापनपत्र र दवावहरु दिइन्छन् । धर्ना, ¥याली र अन्तरक्रिया सघन हुन्छन् । तैपनि समस्याको यथोचित समाधान निस्किदैन । यसको कारक् धेरथोर हामी स्वयम् हौं र केही सरकार र अन्य निकाय पनि हो ।

सयमा सय प्रतिशत समस्या समाधान त कहीं पनि सम्भव हुँदैन । तर त्यसको नजिकसम्म पुग्नु र समाजलाई सकारात्मक परिवर्तनतिर उन्मुख गराउनसक्ने हैसियत बनाउनुलाई उपलब्धी मान्न सकिन्छ । त्यसतर्फ हाम्रो योगदान छ कि छैन, मूल्याङ्कन गर्नुपर्छ । देशको ठूलठूला आन्दोलन र राजनीतिक उपलब्धी पत्रकारकै सहयोगमा भयो भनेर हामी दावी गर्छौ ।

तर आमबुझाईमा पत्रकारले खाली झगडामात्र पार्छन् । घाउमा मल्हम हैन, नुनचुक छर्कन्छन् । पत्रकारकैकारण घरझगडा झन बल्झिन्छ भन्ने आरोप खेप्नुपरेको छ । गम्भीर विषय हो । प्रेस चौतारीको सांगठनिक संरचनालाई संघीय स्वरुपमा लग्न अनिवार्य छ । विविधतायुक्त मुलुकमा सबै वर्ग, समुदाय र क्षेत्रको सहभागिता अनिवार्य हुन्छ । यही लोकतन्त्रको गहना हो । चौतारीले प्रस्ताव गरेको नयाँ विधानमा त्यसलाई सम्बोधन गर्ने प्रयास गरिएको छ ।

तर समावेशीताका नाममा भद्दा संगठन बनाउनु पनि हुँदैन । आरक्षण, समावेशीताजस्ता विषय केही समयका लागि आवश्यक छन् । तर दीर्घकालिन समाधान भनेको ‘क्षमताको अभिबृद्धि’ नै हो । त्यसतर्फ संगठनले ध्यान दिनुपर्छ । अर्कोपक्ष भनेको पत्रकारको शुद्धीकरण हो । अहिले पत्रकारिता क्षेत्रमा गैरपत्रकारको विगविगी छ ।

यो धेरै उठ्ने विषय पनि हो । तर कार्यान्वयन गर्नमा कोही संगठन अगाडि बढ्दैन । चौतारीले यस अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्छ । ठेकेदार, शिक्षक, व्यापारी, एनजीओकर्मी, सरकारी कर्मचारीसमेत पत्रकारका सदस्य छन् । शुद्धिकरण हुन नसक्दा समस्या बल्झिनेगरेको छ । यसको समााधानमा प्रेस चौतारीले आगामी दिनमा अहम भुमिका खेल्न सक्नुपर्छ । २६औं स्थापना दिवसको सबैमा शुभकामना । जयहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *