नेपाल भारत यातायात सन्चालनमा राप्ती समितिको दादागिरी : यात्रु अलपत्र, समितिबिच लफडा

विविध समाचार

नेपालगन्ज : नेपालबाट भारतका विभिन्न शहरमा जाने सवारी साधन मापदण्ड विपरित रुट परमिटवनै चलिरहेको देखिएको छ । दागदेखि नेपालगन्ज हुदै र लमहीदेखि कोइलावास हुर्दै दैनिक दर्जनबढी साना ठुला सवारी साधन यात्रु बोकेर नियम विपरित भारत जाने गरेको देखिएको छ ।

सवारी साधनले यात्रु बोक्ने सम्बन्धीत निकाय र देशको अनुमति सहित रुट परमिट लिन अनिवार्य छ । तर, दादागिरी पारामा सवारी सँचालकले दागदेखि आफुखुशी सवारी चलाइरहेको नेपालगन्जका यातायात व्यवसायी बताउँछन । राप्ती अन्चल यातायात वस व्यवसायी समितिले सबैभन्दा बढी नियम मिचेर रुटपरिमिट विनै दादागिरी गरि सवारी कोइलावासतिरबाट समेत चलाइरहेको व्यवसायी बताउँछन ।

यसरी यातायात मनपरी चलाइएपछि पटक पटक बिच सडकमा गाडी रोकिने र यात्रुले सास्ती पाउने अबस्था छ । कोइलावासबाट लुकिछिपी गएका सवारीलाई भारतको नानपारमा रोकिन्छ जसले गर्दा यात्रु समसयामा छन ।

नेपालगन्जबाट चल्ने सवारीले नियम पालना गरेर रुट परमिट लिएरै चलाएनि दागका केही व्यवसायीको दादागिरीले नियममा रहेका सवारीलाई समेत अप्ठारो परिरहेको छ । बाँकेको नेपालगन्जमा १६ वटा यस्ता सवारी सन्चालक समिति छन । तर दागका समितिले नेपालगन्जसँग कुनै परामर्श नगरी चोरीबाटोबाट सवारी चलाइरहेको आरोप लागिरहेको छ ।

यसरी गैरकानूनी रुपमा सवारीले यात्रु बोकिरहँदा र यात्रु समस्यामा पर्दा समेत दाग र बाँकेको प्रशासन तथा पुलिस उदासीन देखिएको छ । व्यवसायीका अनुसार यसरी रुटपरमिट विना चल्ने सवारीलाई कित नियममा ल्याउन पर्ने कित कानुनी कारवाही गरि चलाउन रोकिनुपर्र्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *