सुर्खेत विमानस्थल : दलिय लफडाले विस्तार धरापमा

मुख्य खबर विकास निर्माण विविध सामाजिक गतिविधि

नेपालगन्ज : सुर्खेत विमानस्थल विस्तार अभियानमा यहाँका राजनीतिक दलबिच लफडा देखिएको छ । विमानस्थलको समृद्धिमा राजनीतिक दलका केही जिम्मेवार नेताहरु अपसी मनमुटावका कारण बाधक बनिरहेका छन ।

एकले अर्कालाई बाधकको संज्ञा दिर्दै विकास र समृद्धिमा समेत राजनीतिक थालिएपछि विमानस्थलको विस्तार अडकिदै आएको नागरिक अगुवा श्रीधर पौडेल बताउँछन । सर्वदलीय, सर्वपक्षीय बैठकमा प्रदेश सरकार र नेकपा माओवादी केन्द्रको उपस्थिति समेत नदेखिनुले विमानसथल विस्तारका पक्षमा दुई समुह देखिएको छ ।

काग्रेसका नेता पूर्णबहादुर खड्काको सक्रियतामा छिन्छु नजिक मदानेचौरमा क्षेत्रीय अन्तराष्टिय स्तरको नयाँ विमानस्थल निर्माणको अभियान अघि बढेपछि ओझेलमा पर्ने देखिएको सुर्खेत विमानस्थल विस्तार भए मदानेचौर विमानस्थल निर्माण गर्न नपर्ने देखिएको छ । तर, यस बषियमा पनि जिल्ला र राष्टिय स्तरमै विवाद तथा राजनीतिक खिचातानी भैरहेको छ ।

मदानेचौरमा ठुलो विमानस्थल बने नेपालगन्ज र सुर्खेतका दुबै विमान स्थल ओझेलमा पर्ने देखिएपछि राजनीतिक दलका केही नेताहरु मदानेचौर विमानस्थल बन्न नहुनेमा छन । केही भने मदनोचौर विमानसथल बनाउँनुपर्ने तर, नेपालगन्ज र सुर्खेत विमानसथल विस्तार गर्न नपर्ने मा देखिएका छन । यसले पनि सुर्खेत विमानस्थल विस्तारमा विवाद देखिएको हो ।

सुर्खेत विमानस्थलको यसअघि विस्तार कार्य हुन नसक्नुको पछाडि प्रदेश सरकारको कमजोरी रहेको एमाले निकट केही नेता र एमाले संसदीय नेता यामलाल कँडेलको दाबी थियो ।

एमालेकै नेता पूर्ण पौडेलले त्यो बेला जनताले उचित मुआब्जाको माग गरेको तर, प्रदेश सरकारले जनताको मागको सुनुवाइ नगरेर जनता तर्साउने काम गरेको आरोप लगाएका छन।पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही प्रभावमा परेर विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज गरेको एमाले नेताको आरोप छ ।

तर, काँग्रेस निकट नेताहरुले भने विमानस्थल विस्तार कार्यमा नगरपालिका र कँडेल लगायतका नेताहरुले नै असहयोग गरेको आरोप लगाएका छन । यतिबेला यी दलबचि विमानस्थलका वारे दोहोरी नै चलेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *