बाँकेको पर्यटन प्रबद्धन : खोई दीर्घकालिन योजना ?

कृषि मुख्य खबर विविध सामाजिक गतिविधि स्थानीय तह

कमल न्यौपाने : पर्यटन शब्द यतिबेला बाँकेमा भौकालबादी ठेकेदारहरुको रंगमन्च बनिरहेको छ । त्यहि मन्चमा केही रगंकर्मी पर्यटनका ठेकेदारले दुनियाँलाई नचाइरहेका छन । कहिले बाँके निकुन्ज त कहिले बर्फानी हुँदै अनेकन जग्गा र ठाउँमा । यद्दपी, पर्यटन विकासको अथाह सम्भाव्यता बोकेको बाँकेमा अपेक्षित विकास हुन सकेको देखिदैन । सन् १९५० भन्दा पहिलाको राणाशासनकालमा विदेशीलाई पर्यटकको रुपमा आमन्त्रण गर्ने नीति नै नभएको हुनाले यसको विकास हुने कुरै भएन । सन् १९७० को दशकमा आएर नेपालमा राजमार्गहरु बन्न थालेपछि पर्यटनले व्यवसायिक रुप लिन थालेको हो ।

सन् १९९० मा राजनैतिक व्यवस्था परिवर्तन भएर बहुदलिय व्यवस्था स्थापना भएपछि उकालो लाग्न थालेको पर्यटन उद्योग बेलाबेलामा आयोजना गरिने बन्द, हड्तालले प्रभावित भएकै थियो ।सन् २००६ मा भएको बृहत शान्ति सम्झौता पश्चात पुनः घुँडा टेक्न थालेको पर्यटन उद्योगलाई राज्य र राजनैतिक पार्टीको तर्फबाट चुनावी घोषणापत्रमा प्राथमिकता प्राप्त क्षेत्र भनिए पनि त्यसका लागि आवश्यक पूर्वाधार, नीति निर्माण र वातावरण निर्माण हुन सकेको छैन ।

बाँकेको पर्यटन विकासमा स्पष्टता आवश्यक देखिन्छ । नेपालगन्ज शहरलाई प्रशासनिक क्षेत्रको केन्द्र मानिएकाले यस भित्र र बाहिरका क्षेत्र गाइलेख, बर्फानीबाबा, ढकेरी, गाभर सन्तानेश्वर लगायतका ठाउँलाई पर्यटनको हबको रुपमा विकसित गर्नुपर्ने देखिएको छ । तर यसको चिन्ता र चासो कसैलाई छैन । केबल वेमौसमी बाजा बजाएर पर्यटन शब्द भजाउँने र खेतीगर्ने ठेकेदारकोे बाँकेका कमी देखिदैन ।योजना वातावरण र पूर्वाधार निर्माण गर्नुपर्छ । पदयात्रा मार्ग जोगाउने र वैकल्पिक पदयात्रा मार्गको खोज, पहिचान, ग्रामिण क्षेत्रसम्म पुग्ने यातायात सन्तालन र विकासमा स्पष्ट नीति आउनु पर्ने देखिएको छ ।

पर्यटकको आगमन संख्या, बसाईंको अवधि, प्रति पर्यटक खर्च आदि बढाउन पर्यटकीय सम्पदा र बस्तुको बैज्ञानिक विविधीकरण तथा स्थानिय कला, साहित्य, धर्म, सँस्कृतिको संरक्षण एवंम् विकास गर्दै विश्व पर्यटन बजारमा बजारीकरण गर्नुपर्ने हो । तर,बाँकेमा पर्यटनका निहुँमा कमाउधन्दा नै चल्न थालेपछि यस्ता योजना कसरी सफल बन्न सक्थे र । वेमौसमी ढोल बजाएर केही ठेकेदारले हुल बटुल्दै डोन उडाएर सेल्फी हान्दैमा बाँकेको पर्यटन प्बद्धन र विकसा सँगै पर्यटकइि क्षेत्रको उचित संरक्षण हुन सक्दैन । यो त केबल भ्रम र रमाईलोका लागि गरिने अभ्यास मात्रै हुने देखिएको छ ।

तीनै तहका सरकारको तर्फबाट नीति निर्माण र पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ । नीजि क्षेत्रको तर्फबाट गुणस्तरिय सेवा दिने र ब्यबस्थापनमा विशेष ध्यान जानुपर्छ । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र पर्यटन उद्योग हो । देशको अस्थिर राजनैतिक अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकसित गर्नु हामी सबैको दायित्व हो । तर, बाँकेको भौकालका लागि पर्यटन यात्रा गर्न थालिएको देखिएको छ ।

पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीतिक योजना तय गरी सरकारी र नीजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अघि बढ्नु अनिवार्य आवश्यकता बनेको छ ।

विशेषतः ग्रामीण पर्यटनको विकासबारे विचार गर्दा ग्रामीण क्षेत्रको आर्थिक विकाससम्बन्धी योजनाको क्रिर्यान्वयनमा पनि उचित जोड दिनुपर्ने आवश्यकता छ । दिगो र दीर्घकालीन पर्यटन बिकास गर्न सहर देखि गाउँगाउँ सम्म होमस्टे, ग्रामिण पर्यटन, स्थानीय प्रबिधि र साधनमा प्राथमिकता दिनुपर्छ । नेपालभर पर्यटकका लागि बाँके सुरक्षित, शान्त र सुन्दर जिल्ला हो भन्ने सन्देस सम्प्रेषण गर्नुपर्छ । यसका लागि कसैको ध्यान गएको देखिदैन । आफु निकटका र आफनै भजन गाउँन्े दुईचार जना युटुवे बोक्दैमा कोही पर्यटनका दुत भएको भान गर्छन भने त्यो भन्दा महामुर्खता अरु केह िहुन सक्दैन ।

एक दुईजना ठेकदारले सुस्केरा हाल्दैमा फोटो सुट गरेर भौकाल मच्चाउँदैमा डोनरले दिएको चटनीका भरमा केही थान मान्छे बटुलेर हिडदैमा बाँकेको पर्यटन विकास सम्भावना देखिदैन । अतः बाँकेको विशिष्ट अवस्थिति, फाइदाको सम्भाव्यता, बाँकेमा भएका उत्कृष्ट, अतुलनीय र प्रसिद्द पर्यटकीय सम्पदा, तिर्थस्थल, धरातलीय, वनस्पतीय, जैविक, सामाजिक, सांस्कृतिक, धार्मिक एवंम् जातिय, जनजातिय विविधता, अनेकतामा एकता लगायतका अन्य थुप्रै साहसिक गतिविधिको प्रचुर सम्भाव्यताका पक्षलाई मध्यनजर गर्दै राज्य र निजी क्षेत्रको तर्फबाट दीर्घकालिन योजना सहि अघि बढ्न जरुरी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *