पछुताउँदै ‘केपी बा’

मुख्य खबर विचार/व्लग

कमल न्यौपाने : सर्वोच्च अदालतले संसद् विघटनलाई मान्यता नदिएका बेला राजनीतिक रुपमा सङ्कटमा परेका केपी शर्मा ओली पछिल्लो समय बाँके एमाले र यसका अध्यक्ष किस्मत कक्षपतिको व्यक्तिवादी कार्यपद्धति र अहङ्कारले हैरान देखिएका छन । बाँकेमा सदस्यता वितरण देखि नविकरण सम्ममा खुरापात गरेर अध्यक्ष कक्षपतिले एकल सिन्डिकेट लगाएपछि देशभरमै एक मात्रै पाटी कार्यालयमा तालाबन्दी हुनुले एमाले बाँकेका नेतालाई होइन केपी ओलीको नैतिकतामा समेत प्रश्न खडा भएको
छ ।

राजनीतिक सिन्डिकेटको कारण सदस्यता पाउन र नविकरण गर्नबाट बन्चित भएर अन्यायमा परेका बाँकेका एमाले शुभचिन्तले अब न्याय पाउलान त ? यो प्रश्न थप पेचिलो बनेको छ । यसमा लुम्बिनी प्रदेश कमिटी र केन्द्रीय अध्यक्ष केपी ओलीको भूमिका नै अहम् बन्ने देखिएकोछ ।

‘न्याउरी मारी पछुतो’ भने झै यतिबेला एमालेका अध्यक्ष केपीशर्मा ओलीलाई यस्तै भएको आम एमाले नेता कार्यकताले महशुस गरिरहेको देखिएको छ । देशभरमा एमालेको सदस्यता वितरण, नविकरणको प्रक्रिया र अबस्थालाई हेर्दा नेता कार्यकर्तामा मात्रै होइन शुभचिन्तक र अध्यक्ष ओलीमै निराशा छाएको सहजै अनुमान गर्न सकिन्छ ।

गएको स्थानीय तह देखि प्रदेश र संघको चुनाउमा अध्यक्ष केपी शर्मा ओलीले बंशजका आधारमा नागरिकता दिए जस्तै बंशज, थर र हनुमान भएकै आधारमा टिकट वितरण प्रक्रियाले बाँके सहित देश भरमा खासै गतिलो परिणामा एमालेका पक्षमा आउन नसकेको यथार्थ हो ।

ओली भएकै नाताले चुनावी धरातल नभएका केही व्यक्तिलाई प्रदेश र संघको उममेदवार बनाउनु र त्यसबाट प्राप्त नतिजा अर्कैको पोल्टामा जानु अध्यक्ष ओली पछुताउँनुको एउटा कारण हो । केपी ओलीदेखि भीम अ‍ोली, कोमल ओली, कमला ओली समेतले बंशजको आधारमा टिकट पाएपनि चुनाउमा नराम्रो पराजय भोग्नु परेको थियो । बाँकेकै कुरा गर्ने हो भने प्रदिप ज्ञावलीलाई चाकडी गरेको भरमा किस्मत कक्षपतिलाई एमाले बाँकेको अध्यक्ष बनाउँनु नै केपीओलीका लागि अर्को पछुतोको बिषय बनिरहेको छ ।

प्रदिप ज्ञावलीको सिफारिसमा ओलीको आर्शिवादबाट अध्यक्ष बनेका कक्षपतिकै पालामा बैजानाथ र कोहलपुरमा सदस्यता विवाद चरम देखिएको छ । यतिसम्मकी पाटी कार्यालयमा ताला लगाउनुपर्ने अबस्था समेत आएको सर्वविद्तिै छ । देशभरमै एउटा जिल्ला हो बाँके जहाँ आफनै नेता कार्यकर्ताले तालाबन्दी गनुपरेको थियो । यो भन्दा अर्को बिडम्बना के हुनसक्छ ?

यसअघिको स्थानीय तहको चुनाउमा खजुरा गाउँपालिकाको अध्यक्ष बनाइएका कक्षपतिले पाँच बर्षमा देखिने पाँचवटा काम पनि गर्न नसक्नु, संघीय साँसदमा उम्मेदवार भएर चुनाउ लजास्पद तरीकाले हार्नु, पाटीमा सदस्यलाई विवादमा ल्याउनु र हरेक बिषयमा सिन्डिकेट लागु गर्नु केपीओली पछुताउँनुका केही सुचकहरु ह्ुन भन्ने बाँकेका एमालेजन नै बताउँछन ।

गएको स्थानीय तहको चुनाउमा खसरापात गरेर बैजनाथमा मानबहादुर रुचाललाई पाखा लगाउनुले त्यहाँ परिणाम उल्टो देखिनु, कोहलपुरमा आफनै गुट र खुरापातले काँग्रेसले चुनाउमा उच्छिन्नु, राप्तीसोनारीमा रामदास थारुलाई आबश्यकता अनुसारको आर्थिक जोहोमा अध्यक्ष किस्मतले कन्जुसाँई गर्दा जितेको चुनाउ हार्नु, नेपालगन्जमा मेयरका लागि उम्मेदवार नहुँदा आर्यातित व्यक्ति खडा गर्नुपर्ने अबस्था आउनु यी सबै बाँके एमालेको नेतृत्वले देखाएका असफलता हुन । जसको कारण यतिबेला एमाले केन्द्रीय अध्यक्ष केपीओली बंशजको आधारमा टिकट दिएदेखि जातियताका आधारमा अध्यक्ष बनाएको प्रति पछुताइरहेको देखिएको छ ।

अहिलेपनि बाँके एमालेमा आन्तरिक विवाद कायमै देखिएको छ । नेपालगन्ज उवासंघको चुनाउमा एमालेले एकल प्रतिस्पर्धा गर्न नसक्नु पनि जिल्ला नेतृत्वको कमजोरी देखिएको छ । यी विविध कारण निहाल्दै गरेका केपीबा अहिले हिजोका हर्कतदेखि पछुताउँदै गएका छन ।

चाकडी चाप्लुसी गर्ने जिल्लाको बस्तुस्थिती विपरित केन्द्र रिर्पोटिगं गर्ने र ओलीको प्यारो बनेर आगामी जिल्ला अबिधेशनमा फेरी चुनाउ लडने दाउमा धेरै नेता लागिपरेको देखिएको छ । यसमा केपी बाले विगतको जस्तो मनोमानी विना आधारका व्यक्ति जो आफु निकट र चाकडीमा पोख्त छन तीनलाई नै अँगाल्ने हो भने भविष्यमा अहिलेको भन्दा पनि बाँकेमा एमालेको दुरावस्था निश्चित देखिएको छ ।

यसैले व्यक्तिवाद होइन संस्था समृद्ध बनाउँने हो भने केपीबाको एकल सिन्डिकेट यतिबेलादेखि नै तोडिनुपर्ने देखिएको छ । प्रतिस्पर्धा गरेकै आधारमा, आलोचना, टिकाटिप्पणी गरेकै आधारमा नेता, कार्यकर्ता सिध्याउने केपीबाको खेल तत्काल राकिनुपर्ने एमालेका जानकारको सुझाव छ ।

एमालेलाई समृद्ध र बहृत एमाले बनाउँने हो भने आगामी जिल्लादेखि प्रदेश र केन्द्रीय अधिवेशन होस वा गाउँपालिकादेखि संघीयसम्म चुनाउ होस नातावाद, कृपावाद, चाकडीवाद, दलालीवाद छोडेर योग्य, सक्षक, युवा र जनआधार भएको व्यक्ति छनोट गर्न केपी बाले सक्नुपर्छ । नत्र बाँके एमालेमा देखिएको हर्कत दशेभरका जिल्लामा नहोला भन्न सकिदैन । यसैले बेलैमा ध्यान जाओस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *