नेपालगञ्जका मेयर साब : एकछिन यता ध्यान दिनुहुन्छ कि ?

विचार/व्लग सामाजिक गतिविधि

नगर प्रमुख ज्यू,
नेपालगञ्ज शहरका बारेमा नेपालगन्ज उपमहानगरपालिकाले आफै “यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगन्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो” । यस नगरलाई अझै बृहत्त र शहर बनाउने निर्णय अनुसार २०७३ फागुन २७ गतेको साविकका १० वटा गाविसलाई यसै शहरमा गाभेर संघीय सरकारले तत्कालिन १६ वटा वडाबाट २३ वटा वडा बनाएर नेपालगन्जलाई उपमहानरपालिका शहर बनाइयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अनुसार नेपालमा तीन तहको सरकार विद्यमान छ । विधायिकीय शासन सहितको स्थानीय तह जनताको प्रत्यक्ष पहुँचको सरकार हो । यो तह संचालनका लागि एकल अधिकारसहितको स्थानीय सरकार सञ्चालन ऐन २०७४ विद्यमान छ । यसका साथै स्थानीय सरकारमा विपक्ष वा अल्पमत र बहुमतको समेत परिकल्पना नगरी नागरिकका समस्यालाई च्वाट्टै समाधान गर्न अवरोध विहिन कानुनी व्यवस्था समेत छ । हाल अन्य स्थानीय तहजस्तै नेपालगन्ज उपमहानगरपालिकाले दोस्रो कार्यकालका लागि जनप्रतिनिधिको दोस्रो वर्षको बागडोर तय गर्ने शुभ अवसरका छ ।

यस वर्ष नगर प्रमुख प्रशान्त बिष्ट आगमी वर्षको नीति तथा कार्यक्रम मात्रै हैन, आफनो कार्यकालको रक्षाबन्धनका लागि र नेपालगन्जबासीको भविष्यको शुत्रधार गर्ने नीति प्रस्तुत समेत गर्नु भयो । यस विषयमा नगरसभाका सदस्यहरुले आफना मत र वितमीहरु सोही स्थानमा प्रक्रियागत रुपमा राख्नु होला तर समग्रमा यो नीति कार्यक्रम र नगर प्रमुख बिष्टको उमेर भोगाइ अनुभव कहिकतै कुनै क्षेत्र वा विषयमा नयाँपन या स्याबास यो हो नी,अथवा यो गर्नै नहुने भनि विमती जनाउने कुनै प्रसंग छैन । केही क्षेत्रमा विद्यार्थी आन्दोलनले शिक्षालय परिसरमा लगाउने नारा जस्ता गन्तव्य र लयनमिलेका श्लोगन मात्रै छन । यसले नेपालगन्जलाई शहर हैन, नत रहर तन कुनै प्रहर विनाको पुस्तिका मात्रै हो ।

विद्यार्थी आन्दोलनबाट आमनागरिको भविष्य बनाउने सपना बोकेको नगर प्रमुख हुनु पर्ने हो, तर कुनै आँट र विवेक मन्थन नगरिएको खिया लागेको पाइपमा जेनातेना पानी बगे जस्तो गर्नै पर्ने कर्मकाण्डी नीति अक्षर मात्रै छ । नीति त सपना बोकेको, पक्ष र विपक्षबीचको मतमतान्तरको मन्थन गर्ने, जोसले भरिएको, होस सहितको कल्पना, विपना देखेको सपना हुनु पर्ने हो । सोही बमोजिमको अपेक्षा गरिएको थियो । यो नीति उहाँका लागि कार्यकालको पहिलो र अन्तिम नीति पनि हो । किन कि अब ३ वर्षमा नेपालगन्जलाई पहिचान सहितको शहर बनाउने दिन हो । कुनै जोस, कुनै आशा र सपना नबोकेको नीतिका लागि किन प्रशान्त नै नगर प्रमुख हुनु पर्दछ । एकथान नाम र तस्विर भित्तामा राख्नकै लागि हो भने यो युवा, अनुभवी, बिद्यार्थी आन्दोलनमो उपज जस्ता विशेषणको कुनै खाँचो नै थिएन । नगर प्रमुख विष्टले के सुन्दर सपना देख्नु हुन्न वा नेपालगन्जलाई आवश्यक छैन, कि उहाँसँग सपना सुनिदिने समुह९टिम० छैन ।

नगर प्रमुख बिष्टले स्वीकार गर्नु भएको नेपालगन्जको पहिचान “बहुधार्मिक, बहुभाषिक र बहु संस्कृति परिवेश भएतापनि जातजाति सम्प्रदायहरु बिचको आपसी भाईचारा, सदभाव र प्रेम भाव शहरको ढुकढुकी हो भन्दा अतिशयोक्ति नहोला ।”९नीति तथा कार्यक्रम २०८०० हो भने आपसी भाईचारा, सदभाव र प्रेम भाव शहरको ढुकढुक बनाउने नगरबासीलाई उहाँले आर्थिक पक्षको उन्निती, शसक्तिकरण, सुधार र दिगोपनाका लागि गर्ने योजना छ रु सामाजिक पक्षको बलियो बनाउने के कार्य र योजना छ रु साँस्कृति पक्षको पहिचान, संरक्षण, प्रवद्र्धन र आकर्षणका के विधि छन रु फगत अक्षरमा त कोर्ने चेष्टा गर्नु भएको छैन उपभोग, उपयोग र उपादेयताको कुरा कल्पना समेत गर्न सकिदैन ।

नेपालगन्ज उपमहानरपालिकाले सारमा “समग्रमा वहुधार्मिक सम्प्रदायहरु एक आपसमा मिलेर बसेकोले धार्मिक सहिष्णुयुक्त शहरको रुपमा पहिचान बनाउन समेत सफल भएको छ ।” ९जततउकस्ररलभउबनिगलवmगल।नयख।लउरलभरलयमभरज्ञद्धण्०भनि परिचित बनाएको छ । साँच्चिकै बहुभित्र पनि सहिष्णुयुक्तको पहिचान बनाउनु चानचुने कुरा हैन तर यसलाई दिगोपन कायम गर्नु त्यो वर्तमानको न्यूनतम जिम्मेवारी हो । सफता र प्रगतिका सपना देख्नु कुनै अभिसाप वा गल्ति हैन । यो त नेतृत्वको दूरदृष्टि हो । नेतृत्व पदले मात्रै हुदैन, कार्यले पदको महत्व र संझना योग्य बनाउने हो ।

नीति तथा कार्यक्रम २०८० भन्नु भएको छ । यो नयाँ शब्द नेपालगन्जको नीतिमा हैन । पुरानै शब्द सापटी हो । अव्यवस्थित बसोबासीको व्यवस्थापन मात्रै हैन अव्यवस्थित स्थानबाट प्रदान गरिने सेवालाई अव अनिवार्य व्यवस्थित बनाउन खाँचो छ । त्यसका लागि नेपालगन्जका नागरिकले अनिवार्य भोग्दै आएको समस्याको सामान्य कार्यसम्पादनबाट सहज बनाउन पनि सकिन्छ की ?

कर तिर्दाको कहरः व्यक्तिगत व्यवसाय र राज्यको सेवा लिए वाफत राज्यलाई व्यवसाय र सेवा कर तिर्नु नागरिकको न्यूनतम कर्तव्य हो । तर कर तिर्दा घण्टौ लाइनमा बस्नु पर्ने, विचौलियाको सहायता र थप शुल्क तिर्नु आजको समाज सुहाउदो कार्य हुनै सक्दैन ।सबै नागरिकको ज्ञान, पहुँच र समय एकै प्रकारको हुँदैन । त्यसका लागि सके समग्र विधिमा परिवर्तन गर्ने अन्यथा केन्द्रीय कार्यालय संघमा भएका कतिपय कार्यालयहरु विद्युत, नयाँ व्यवसाय दर्ता र नविकरण गर्ने सबै कार्यालयलाई नागरिकले बुझाउनु पर्ने कर तिर्नेलाई सम्मान गर्ने र उनीहरुलाई घरदैलोमा सेवा वा नगरपालिकाको सहयाता कक्षमार्फत शासकीय सोचलाई परिवर्तन गर्ने की रु त्यसका लागि विशेष अध्ययनका आधारमा सेवालाई जनमुखी बनाउने की रु कर तिर्न जाँदा हाल भोक्दै आएको असहजता र अनुदार सेवालाई सेवामैत्री बनाउने की रु समग्रमा भन्दा कर, कहर हो, तर रहरले कर तिर्दा करको दायरा अवश्य बढने छ ।

एकिकृत सेवा थलोः तराईका फाँटमा राणा र भारदारको स्वविवेकले स्थापनापना गरिएका विभिन्न कार्यालयलाई किन एकिकृत नगर्ने रु यसका लागि स्थानीय सरकारको सोच के हो । के यस्तो सोच्न सकिन्न रु कि यस्तो गर्नु विधि संगत हुँदैन रु बाँके जिल्ला र नेपालगन्जबासीका लागि स्थापना गरिएका जसको कार्यालय स्थानन्तर गर्दा लागतमा, सेवा र सौन्दर्यमा अधिक योगदान हुन्छ । पुराना सबै कार्यालयहरु हालको चल्तिको सबैभन्दा ठूलो सडक संरचना भएको, सहज सेवाग्राहीको पहुँच हुने सूर्खेतरोडमा रहेको जमिनलाई प्रयोग गरी एकिकृत स्थानबाट प्रशासनीक सेवा विस्तार किन नगर्ने रु

जसले गर्दा फैलिदै गएको बस्ती विकास र सुविधाभोगी बन्दै गएको समाजलाई सहज हुने गरी स्थानान्तर गरिएका कार्यालयको जमिनमा ठूला र सुन्दर स्थान निर्माण गरी आर्थिक आर्जन, पर्यटन विकास र गल्लिको शहर हैन गलाले प्रसंसा गर्ने शहर बनाउने सपना किन नदेख्ने । जसका लागि वन कार्यालय, औद्योगिक कार्यालय लगायत अधिक जमिन भएका स्थानमा बहुउपयोगी भवन निर्माण गरी बहुसेवा एकै स्थानबाट किन प्रदान नगर्ने रु यसरी एकिकृत सेवा कार्यालय बनाउदा खाली हुने जमिनमा स्वदेशी र विदेशी ९भारत०का हजारौ मानिसको अवलोकन गन्तव्य बनाउने बृहत्तर नेपालगन्ज बनाउने सोच राख्न नपाइने हो र रु सपना शुल्क लाग्ने हो रु

सहिष्णुताको शहरः साँच्किै नेपालगन्ज सहिष्णुताको शहर हो । यसका लागि नेपालगन्जबासी उच्चसम्मानका बासिन्दा हुन । तर यसलाई अझ पर्यटन तथा अरुले ज्ञान आर्जन गर्ने शहर बनाउ सकिदैन रु त्यसका लागि पुरानावस्ती र नयाँ विकास हुँदै गएको शहरलाई अरु जस्तो नेपालगन्ज हैन, भविष्यमा निर्माण पछि नेपालगन्ज जस्तो अरु बन्ने कल्पना गर्न सकिदैन रु

पश्चिम नेपालको द्धार हैन, गन्तव्यः नेपालगन्ज केवल द्धारका रुपमा परिचत गराउनु भन्दा पनि गन्तव्यका लागि परिचित गराउने योजना हुनु पर्दछ । किन भने बैदेशीक सीमाका हिसावले पनि यो अति महत्वपूर्ण छ । साविक मध्य र सूदुरको अनिवार्य केन्द्र हो । भारत प्रबेशको नाका हो । बटुवाको रुपमा आएका सम्मलाई एक रात थकाइ मेटाउने मनोरम ताल, सुन्दर बगैचा, शैक्षिक अध्ययन र स्वास्थ्य परिक्षणको गन्तव्य र विकल्पको रुपमा स्थापित गराउन यहाँका धार्मिक मन्दिर, मस्जित, गुम्बा र गुरुद्वाराका अतिरिक्त प्रसस्त सरकारी जमिनको परिवर्तित समाज अनुसारको साजसज्जा गर्न सकिन्छ । यति मात्रै हैन बबईको पानी बाँकेमा निश्चित परिधीमा नदीका रुपमा किन निर्माण गर्ने सोच नराख्ने । नेपालगन्ज गन्तव्यका लागि नरैनापुर र राप्तीसोनारीका पहाडबाट किन पर्यापर्यटन सहयोगी हुन सक्दैनन रु यसका लागि नीति, विधि र नेतृत्वको खाँचो छ । यो खाँचो अहिले नगरे फेरी अर्को आवाधिक निर्वाचन पर्खनु बुद्धिमता हुन सक्दैन । अवसर सधै आउदैनन । आएको अवसर गुम्न दिनु हुँदैन ।

फराकिलो सोचको खाँचोः वर्तमान नेपालगन्जको नेतृत्व साँगुरो सोच र संकुचित मानसिकतामा रुमलिनुको अर्थ छैन । नेपालगन्ज जसरी पनि यो महानगरपालिका हुने नै छ । यसले राप्ती नदि र मानखोलालाई आफ्नो भावि सीमा ठानेर वर्तमानमा योजना बनाउन अनिवार्य छ । यतिमात्रै हैन हालका पूर्वाधार चराका गुड जस्ता हैन अरबी टापको जस्तो द्रुत गतिको निर्माण गर्ने सोचको विकास गर्न जरुरी छ । विकास केवल निर्माणका लागि हैन रु यहाँका इन्जिनियरिङ्ग कंक्रिटको ढिस्को हैन कि सुन्दर र मनोरम आनन्द प्रदान गर्ने सोचको निर्माण हुनु पर्दछ । केवल फित्ते पासका संरचना भन्दा सार्वजनिक र नीति संरचना सौन्दर्यताको प्रतिकका आधारमा निर्माण गर्ने सोचको विकास गर्न अनिवार्यता छ ।

अन्तमा यो शहर हो । गल्ली हैन । गल्ली निर्माणका लागि सामान्य कार्य हो । समुदायलाई सपना बाँड्ने र सोच्ने बनाउने नेतृत्वको भुमिका हो । नेतृत्व आफै सपना देख्न पनि सक्छ अन्यथा सपना साट्न पनि सक्नु पर्दछ । शहरलाई अझै गल्लीमा परिनत गर्ने सोचलाई सन्ततिलेश्राप्न पनि सक्छन । नेपालगन्ज सामान्य विकासे वा कार्यसूची पुरा गरेर टिक लगाएर कार्यसम्पादन हुने स्थान हैन । अहिले बृहत्तर नेपालगन्जको रुपरेखा निर्माणका लागि मौलिक नेपालगन्ज, अवध संस्कृतिको केन्द्र नेपालगन्ज र भौगोलिक र समुदायको मध्यस्थताको नेपालगन्ज निर्माण मेयरको काँधमा छ ।
(लेखक नागरिक अगुवा एवं एमाले बाँकेका उपाध्यक्ष हुन ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *