नेपालमा बढ्दै छ कोरोना,पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना पुष्टि !

मुख्य खबर स्थानीय तह स्वास्थ्य

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ४० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ५१ जना र १ हजार ७४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३४ हजार ७३८ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५६ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ६५९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ । यो खबर न्युज24 मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *