पेस्तोल र गोलीसहित तीन जना भारतीय पक्राउ !

मुख्य खबर स्थानीय तह

रुपन्देही, २० असार 

लुम्विनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुईथान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् । 

उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए । शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो । सोही क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद भएको हो । 

घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *