न्यू बाग्मती स्पोर्ट्स क्लबद्वारा पक्षपातपुर्ण खेल खेलाएको भन्दै आपत्ती !

अर्थ वाणिज्य मुख्य खबर स्थानीय तह

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ४ एफ गाउँमा जारी प्रथम हिमाल कप खुल्ला फुटबल नकाउट प्रतियोगितामा आयोजकले पक्षपातपुर्ण खेल खेलाएको भन्दै न्यू बाग्मती स्पोर्ट्स क्लबद्वारा आपत्ती जनाएको छ ।

न्यू बाग्मती स्पोर्ट्स क्लबले एक प्रस वक्तव्य सहितको आयोजकलाई अनुरोध पत्र जारी गर्दै आपत्ती जनाएको हो ।

क्लबले जारी गरेको पत्रमा न्यू बाग्मती स्पोर्ट्स क्लब र न्यु डाँफे स्पोर्ट्स क्लब बिच भएको खेलको करिब एक मिनेट सम्म (५२ सेकेन्ड) न्यु डाफेका १२ जना खेलाडीले खेल मैदानमा खेल खेलेको र आफूहरुले तुरुन्तै आपत्ति जनाए पछि मात्रै एक जना बाहिरिएको समेत जनाएको छ । साथै एम्पाएरले कुनैपनी कार्ड नदिएर पुनः खेल संचालन गरेको समेत आरोप लगाएको छ ।

साथै क्लबले जारी गरेको पत्रमा फिफाको नियम विपरीत विपक्षी खेलाडिलाई मैदानमा नौतारी स्वत विजय गराएको जस्ता आरोप लगाई उक्त खेलको निर्णय सच्चाउन र उक्त दुई क्लब बिचको खेल आयोजकले आत्मग्लानी गर्दै संचालनको माग समेत गरेको छ ।

उता न्यू बाग्मती स्पोर्ट्स क्लबका अध्यक्ष सुरज चंद ठकुरीले हस्ताक्षर गरेको पत्रमा फिफाको नियम बिपरित कार्य गरेको हुँदा यसको छानबिनको लागी बाँके जिल्ला फुटबल संघलाई अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *