गगन थापाले जितेको क्षेत्रबाट मुकुन्द घिमिरेले चुनाव लड्ने घोषणा !

मुख्य खबर स्थानीय तह

सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्देले संसदीय चुनाव लड्ने घोषणा गरेका छन् । उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको बताएका हुन् ।

मुकुन्देले लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने रहेछ ।

अघिल्ला चुनावहरूमा साथमा नभएको मेरो दस्तावेज अहिले उपलब्ध भएको छ । संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी सुरू भयो ।’

आफू काठमाडौं ४ मा अगाडि बढ्ने निर्णयमा पुगेको सुनाए । काठमाडौं क्षेत्र नं ४ मा पशुपतिनाथ रहेको र आफू हिन्दू राष्ट्रको एजेन्डामा रहेको समेत सुनाए । आफ्नो मुख्य एजेन्डा मुकुन्दल्यान्ड बनाउने नै रहेको उनको भनाई थियो ।

काठमाडौं-४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो ।  घिमिरे ‘मुकुन्दे’ नामले परिचित छन् भने ‘मुकुन्दल्यान्ड’ नामक एजेन्डालाई पोलिटिकल एजेन्डा बनाएका छन् ।

व्यवस्थाअनुसार गृहजिल्लाभन्दा अन्तैबाट निर्वाचनमा उम्मेदवार बन्न गृहजिल्लाको मतदाता नामावली प्रमाणित प्रति चाहिन्छ । यसअघिका चुनावहरुमा घिमिरेसँग यो कागज थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *