‘आरआरआर’ले दोस्रो दिन कति कमायो ?

मुख्य खबर समाचार स्थानीय तह

काठमाडौं । निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । रिलिजमा आउनसाथ फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् ।

उनका अनुसार फिल्मले हाउसफुल शोका साथमा भारतमा मात्रै १५६ करोड कलेक्शन गर्दै धमाकेदार ओपनिङ गरेको थियो । विश्वभर भने फिल्मले २२३ करोडको कलेक्शन गर्दै नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यसोत, ट्रेड एनालिस्ट तरण आदर्शले भर्खरै ‘आरआरआर’को हिन्दी भर्सनको बक्स अफिस कलेक्शन सेयर गरेका छन् । उनका अनुसार आरआरआरले हिन्दी भर्सनमा दोस्रो दिन अर्थात् शनिबार २३.७५ करोडको कलेक्शन गरेको छ । ओपनिङ डेमा भने हिन्दी भर्सनले २०.०७ करोडको कलेक्शन गरेको थियो । आरआरआरको हिन्दी भर्सनले दुई दिनमा ४३.८२ करोडको कलेक्शन गरेको छ ।

तरण आदर्शका अनुसार आरआरआरले पहिलो दिन भारत (सबै भाषा)मा १५६ करोड, युएसमा ४२ करोड र नन यूएस ओभर्सिजमा २५ करोड गरी कुल २२३ करोडको वल्र्डवाइड कलेक्शन गरेको थियो ।

फिल्ममा राम चरण, जुनियर एनटीआर, आलिया भट्ट मुख्य भूमिकामा छन् । साथै एक्शन अभिनेता अजय देवगनमा पनि केमियो भूमिकामा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *