हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते

मुख्य खबर विकास निर्माण स्थानीय तह

रुकुम फागुन २७ गते ।
रुकुम पश्चिममा हावाहुरीले विद्यालयको छाना उडाउँदा पाँच जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षकरविद्यार्थीसहित पाँच जना घाइते भएका हुन् ।

हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घाइते भएका हुन् ।

जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण माध्यमिक विद्यालय गोइरीका शिक्षिका अमृता रसाइली र छात्रा कविता विक, आदर्श माध्यमिक विद्यालयका क्यान्टिन सञ्चालक राजेन्द्र मल्ल र स्थानीय सुशीला बस्नेत घाइते भएका छन् ।

घाइतेको टाउको, अनुहार तथा शरीरका अन्य भागमा चोट लागेको छ । घाइते सबैजनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *